श्रावण १२, २०८१ शनिबार July 27, 2024

भेरी अस्पतालमा सेवा स्तरोन्नती

करिब रु ३४ करोडको लागतमा निर्माण हुन लागेको नयाँ भवन असार मसान्तसम्म पूरा भएपछि अस्पतालमा शय्याको क्षमता बढाएर तीन सय पुर्याइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले आकस्मिक सेवाको स्तरोन्नति गरेको छ । अहिलेसम्म १५ शय्या रहेकामा अब आकस्मिक सेवामा ३० शय्या पुर्याइएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा बद्री चापागाईँका अनुसार शय्या थपेपछि बिरामीलाई राहत पुगेको छ । बिरामीले ‘आइसोलेसन’सहितको सुविधा पाउने छन् । एक्सरे, प्रयोगशाला, शौचालयलगायत अन्य सुविधा पनि बिरामीलाई उपलब्ध हुने उनले जानकारी दिए । करिब रु ३४ करोडको लागतमा निर्माण हुन लागेको नयाँ भवन असार मसान्तसम्म पूरा भएपछि अस्पतालमा शय्याको क्षमता बढाएर तीन सय पुर्याइने डा चापागाईँको भनाइ छ ।

आकस्मिक कक्षमा बिरामीको अवस्थाअनुसार रातो, पहेँलो र हरियो गरी शय्या तथा स्थान वर्गीकरण गरिएको छ । बिरामीको मृत्यु भइहालेमा शव व्यवस्थापन गर्न ब्ल्याक रुमको व्यवस्था गरिएको छ । सरकारको सङ्घीय योजना कार्यान्वयन एकाइबाट भवन निर्माणको काम भइरहेको छ । यसअघि शय्या अभावका कारण बिरामीले आकस्मिक कक्षमा सास्ती भोग्दै आएका थिए ।

यसैबीच भेरी अस्पताल विकास समितिका पदाधिकारीको समेत बिदाइ गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सदस्य सरस्वती मल्ल, कृष्णप्रसाद श्रेष्ठ र धनराम ओलीको बिदाइ गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोख्रेलले कदरपत्रसहित सम्मान गर्दै समितिका पदाधिकारीलाई बिदाइ गरे ।

अस्पताल विकास समितिका पदाधिकारीलाई २०७७ जेठ १३ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन वर्षका लागि नियुक्त गरेको थियो । भेरी अस्पताललाई विशिष्टिकृत अस्पताल भनिए पनि जनशक्तिको अभाव रहेको भन्दै मन्त्रालयको ध्यानाकर्षणसमेत गराइएको छ । अस्पतालमा एक हजार तीन सय ७६ कर्मचारी आवश्यक रहेकोे बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार