काठमाण्डौंः कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले सेवाको दायरा विस्तार गरेसँगै बिरामीको चाप बढ्दै गएको छ।
अस्पतालले पछिल्ला वर्षमा सेवा विस्तार गर्दै विशेषज्ञ चिकित्सकसहितको सेवा प्रदान गर्न थालेपछि उपचारका लागि भारतलगायत अन्यत्र जानुपर्ने बाध्यता हट्दै गएको छ।
“केही समय कोभिडका कारण सेवा सञ्चालन गर्न सकिएको थिएन्। विस्तारित सेवा बुधबारदेखि सञ्चालनमा ल्याएका छौँ”, उनले भने, “विशेषज्ञ सेवा अस्पतालले दिँदा यहाँ आउने बिरामीको सङ्ख्या पनि बढ्दै गएको छ।”
अस्तापलमा अहिले हाडजोर्नी, बालरोग, स्त्रीरोग, नाक कान घाँटी, एमडिजिपी, रेडियोलोष्टि र सर्जन गरी १४ विशेषज्ञ चिकित्सक कार्यरत छन्। अध्यक्ष भट्टका अनुसार अस्पतालमा हाल ११ एमबिबिएस चिकित्सक, तीन दन्त रोग विषेशज्ञ छन्। रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया