वैशाख ८, २०८१ शनिबार April 20, 2024

अब खल्तीबाटै ब्लुबुक नविकरण गर्न सकिने

ग्राहकले खल्ती डिजिटल वालेट मार्फत आफ्नो ब्लुबुक नवीकरणको अर्डर दिन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अब डिजिटल वालेट खल्तीबाटै आफ्नो सवारीको ब्लुबुक नवीकरण गर्न सकिने भएको छ । खल्तीले आफ्ना ग्राहकहरूको लागि नयाँ ब्लुबुक नवीकरण सेवा ल्याएको हो ।

यो सेवा अन्तर्गत कम्पनी आफैंले ग्राहकको घरसम्म गई ब्लुबुक लिने र नवीकरण गरी पुन: ग्राहकको घरसम्म पुर्‍याउनेछ । ग्राहकले खल्ती डिजिटल वालेट मार्फत आफ्नो ब्लुबुक नवीकरणको अर्डर दिन सक्नेछन् ।

कम्पनीका अनुसार दुई पाङ्ग्रे सवारीको नवीकरण शुल्क ३५० रुपैयाँ लाग्नेछ भने चार पाङ्ग्रे सवारीको नवीकरण शुल्क ५०० रुपैयाँ तोकिएको छ । हालको लागि कम्पनीले यो सेवा काठमाडौं उपत्यकाभित्रका ग्राहकहरूलाई मात्रै उपलब्ध गराउने बताएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया