श्रावण २६, २०८३ मंगलबार August 11, 2026

कान्तिपुरविरुद्ध श्रमजीवी पत्रकार संघको आन्दोलन घोषणा

सम्पादकीय स्वतन्त्रता र श्रम अधिकारको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । श्रमजीवी पत्रकार संघ, नेपालले सम्पादकीय स्वतन्त्रता र श्रम अधिकार हनन् भएको आरोप लगाउँदै कान्तिपुर मिडियाविरुद्ध आन्दोलनको घोषणा गरेको छ।

संघका अध्यक्ष जन्मदेव जैसीले लामो समयदेखि कार्यरत पत्रकारलाई कानुनी सेवासुविधा नदिई जबरजस्ती राजीनामा गराइएको र श्रम अधिकार उल्लंघन भएको आरोप लगाए। उनले पत्रकार, ट्रेड युनियन र सरोकारवालालाई आन्दोलनमा साथ दिन आह्वान गरेका छन्।

यसअघि पनि कान्तिपुरविरुद्ध आन्दोलन भएको स्मरण गराउँदै संघले सम्झौता कार्यान्वयन नभएको र पुनः पुरानै गतिविधि दोहोरिएकाले आन्दोलन गर्न बाध्य भएको जनाएको छ।

पछिल्लो समय संघले विभिन्न सञ्चारमाध्यममा श्रमजीवी पत्रकार तथा कर्मचारीले पारिश्रमिक र कानुनी सेवासुविधा नपाएको विषयमा पनि आवाज उठाउँदै आएको छ। केही साताअघि संघले उकालो अभियानमा कार्यरत श्रमजीवीलाई पारिश्रमिक तथा अन्य कानुनी सुविधा नदिएको आरोप लगाउँदै व्यवस्थापनलाई समयसीमा दिएर आन्दोलनको चेतावनीसमेत दिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया