काठमाडौँ, साउन १४ । नेपाल टेलिकमले मनसुन अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरू उपलब्ध गराएको छ। अफरअन्तर्गत केही थप सुविधासहितका नयाँ प्याकेजहरू सञ्चालनमा ल्याएको छ भने पहिलेदेखि नै उपलब्ध विभिन्न आकर्षक प्याकेजहरूलाई निरन्तरता दिएको छ।
कम्पनीका अनुसार पोस्टपेड ग्राहकलाई लक्षित गरी पोस्टपेड ३७३ प्याक र पोस्टपेड ४९९ प्याक उपलब्ध गराइएको छ। ३७३ रुपियाँमा ३० दिन समयावधि भएको प्याकअन्तर्गत ६ जीबी डाटा चलाउन, ४०० मिनेट अल-नेट भ्वाइस कल गर्न र ५० वटा अल-नेट एसएमएस पठाउन सकिनेछ भने ४९९ रुपियाँमा १० जीबी डाटा चलाउन, ५०० मिनेट अल-नेट भ्वाइस कल गर्न र १०० वटा अल-नेट एसएमएस पठाउन सकिनेछ। पोस्टपेड मोबाइलका लागि सजिलो अनलिमिटेड प्याकअन्तर्गत थप सुविधासहित ६९९ रुपियाँमा अनलिमिटेड अल-नेट भ्वाइस, दैनिक २ जीबीका दरले मासिक ६० जीबी डाटा र २०० एसएमएस उपलब्ध हुनेछ।
त्यसैगरी ७९९ रुपियाँमा अनलिमिटेड भ्वाइस, दैनिक १० जीबीका दरले ३०० जीबी डाटा र २५० एसएमएस उपलब्ध हुनेछ भने ९९९ रुपियाँमा अनलिमिटेड भ्वाइस दैनिक १५ जीबीका दरले ४५० जीबी डाटा र ३०० एसएमएस उपलब्ध हुनेछ। त्यसैगरी, अलि बढी डाटा प्रयोग गर्ने ग्राहकका लागि १ हजार ४९९ रुपियाँमा अनलिमिटेड भ्वाइस, ५०० जीबी डाटा र ३५० एसएमएस तथा १ हजार ९९९ रुपियाँमा उपलब्ध हुने एक्जिक्युटिभ प्याकअन्तर्गत अनलिमिटेड भ्वाइस, अनलिमिटेड डाटा र ५०० एसएमएस सुविधा उपलब्ध हुनेछ।
प्रिपेड ग्राहकको हकमा डाटा प्याकतर्फ थप प्याकको रूपमा ९९ रुपियाँमा १ दिन समयावधिको ८ जीबी डाटा प्याक र १९९ रुपियाँमा ७ दिन समयावधि भएको २० जीबी डाटा प्याक उपलब्ध गराइएको कम्पनीले जनाएको छ। यस्तै सजिलो अनलिमिटेड प्रिपेड प्याकलाई थप आकर्षक बनाइएको कम्पनीको भनाइ छ। यस अनुसार ९९९ रुपियाँमा अनलिमिटेड अल-नेट भ्वाइस कल, दैनिक १५ जीबीका दरले मासिक ४५० जीबी डाटा र ३०० अल-नेट एसएमएस प्राप्त हुनेछ भने १ हजार ४९९ रुपियाँमा अनलिमिटेड अल-नेट भ्वाइस कल, मासिक ५०० जीबी डाटा र ३५० अल-नेट एसएमएसको सुविधा उपलब्ध हुनेछ। धेरै डाटा प्रयोगकर्ताका लागि यो प्याक लाभदायक हुनेछ।
स्वत: नवीकरण हुने सब्स्क्रिप्सन प्याकेजअन्तर्गत नमस्ते रिकरिङ २९९, ४९९ र ७९९ प्याक उपलब्ध भएकोमा अब नमस्ते रिकरिङ ६९९ प्याकसमेत उपलब्ध हुनेछ। त्यसैगरी, कर्पोरेट युजर ग्रुपका लागि उपलब्ध सीयुजी प्याकेजमा समेत नयाँ आकर्षक प्याकहरू बनाइएको कम्पनीले जनाएको छ। साथै, हाल सञ्चालनमा रहेको नमस्ते क्रेडिट (सापटी) सेवामा परिमार्जन गरिएको छ। हाल प्रदान गरिँदै आएको सापटी सुविधालाई यही साउन १५ गतेदेखि लागू हुने गरी ३० रुपियाँ बनाइएको छ। उक्त सापटी रकमबाट ३० रुपियाँ वा सोभन्दा कम मूल्यका कुनै पनि डाटा, भ्वाइस वा एसएमएस प्याकेजहरू सजिलै खरिद गर्न सकिनेछ। यो सेवा प्रिपेड ग्राहकहरूले मोबाइलबाट स्टार १४७७ ह्याक्स दायलगरेर वा नेपाल टेलिकम एपको प्रयोग गरी लिन सक्नेछन्। यी बाहेक नेपाल टेलिकमका भ्वाइस र डाटासम्बन्धी अन्य विभिन्न आकर्षक प्याकेजहरूसमेत उपलब्ध रहेका छन्। त्यसैगरी बन्डल्ड प्याक, एड अन प्याकेज, एसएमएस प्याक, एफटीटीएच प्याक आदि समेत उपलब्ध छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया