श्रावण ५, २०८३ मंगलबार July 21, 2026

हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने

अस्पताल तथा विद्यालय नर्सको परिचालनमार्फत् सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने प्रबन्धलाई निरन्तरता दिइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागमती, ५ साउनः हेटौँडा उपमहानगरपालिकाले नगर ई लाइब्रेरी सञ्चालनमा ल्याउने भएको छ ।

उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा ज्ञानमा आधारित समाज निर्माणका लगि नगर ई लाइब्रेरी स्थापना गरी सञ्चालनमा ल्याइने उल्लेख गरेको छ ।

शिक्षक दरबन्दी पुनरावलोकन, मिलान र विद्यालय ‘मर्जिङ’ वा ‘डाउन साइजिङ’ गर्ने कार्यलाई निरन्तरता दिइने नगर प्रमुख मीनाकुमारी लामाले बताउनुभयो । शिक्षकको पद रिक्त हुँदा पठनपाठनमा हुने क्षति न्यूनीकरणका लागि कार्यान्वयनमा रहेको शिक्षक बैंक व्यवस्थालाई निरन्तरता दिइने उल्लेख गर्दै उपमहानगरपालिकाले महिला शिक्षक प्रसुति बिदामा बसेको बखत सिकाइ क्षति आपुरणका लागि प्रसुति सट्टा शिक्षक व्यवस्थालाई निरन्तरता दिइने जनाइएको छ ।

स्वास्थ्यचौकी, सहरी स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, अस्पताल तथा विद्यालय नर्सको परिचालनमार्फत् सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने प्रबन्धलाई निरन्तरता दिइने नगरप्रमुख लामाले बताउनुभयो ।

एनजाइटी, अटिजम, बौद्धिक अपाङ्गता, ‘डाउन सिन्ड्रोम’जस्ता फरक प्रकृतिका समस्या भएका बालबालिकाको सिकाइ सुनिश्चितताका लागि आवश्यक संस्थागत व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

संस्थागत विद्यालयले उपलब्ध गराउने छात्रवृत्ति वितरण प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाइने र सीमान्तकृत समुदायका विद्यार्थीलाई अध्ययनमा निरन्तरता दिन शैक्षिक सामग्री सहयोगसहित छात्रवृत्तिको व्यवस्था गरिने उपमहानगरपालिकाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने
२०८३ श्रावण ५, मंगलबार
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
२०८३ श्रावण ५, मंगलबार
देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपतिले पठाए समवेदना सन्देश
२०८३ श्रावण ५, मंगलबार
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
२०८३ श्रावण ५, मंगलबार
नेपाल–रुस सम्बन्ध केवल कूटनीतिक आदानप्रदानमा मात्र सीमित छैन : नेता पुन
२०८३ श्रावण ५, मंगलबार
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत
२०८३ श्रावण ५, मंगलबार
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ श्रावण ५, मंगलबार