भाद्र ६, २०८३ शनिबार August 22, 2026

संसद बैठक : सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

जेठ १५ गते संसदको दुबै सदनमा अपराह्न ४ बजे बजेट पेस हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ। गत जेठ ५ गतेको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम शनिबार पारित भएको हो।

सभामुख देवराज घिमिरेले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन्।

शनिबारसम्म यस कार्यक्रममाथि छलफल भइरहेको थियो। छलफलको क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएका थिए।

नीति तथा कार्यक्रममाथि केही सांसदहरूले संशोधन गर्ने प्रस्ताव राखेका थिए। केही सांसदहरूले ती प्रस्ताव फिर्ता लिएनन्। तर ती प्रस्तावहरू अस्वीकृत भएका थिए।

यस्तै, जेठ १५ गते संसदको दुबै सदनमा अपराह्न ४ बजे बजेट पेस हुँदैछ। अर्को बैठक आइतबार दिउँसो १ बजेसम्मको लागि स्थगित भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
२०८३ भाद्र ६, शनिबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी
२०८३ भाद्र ६, शनिबार
सर्वोच्चको नयाँ नजिर : गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार
२०८३ भाद्र ६, शनिबार
नागरिक सन्तुष्टि अभिवृद्धि गर्न कार्ययोजना
२०८३ भाद्र ६, शनिबार