असार २४, २०८२ मंगलबार July 8, 2025

कोरोना संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र सिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । काठमाडौँको मैतीदेवीमा पनि कोरोना भाइरसका संक्रमित फेला परेका छन् । मैतीदेवी बस्ने रामेछापका पुरुषमा संक्रमण पुष्टि भएको हो ।

उनी भाइसँगै बस्दै आएका थिए । संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र प्रहरीले सिल गरेको छ । मैतीदेवी मन्दिर देखि प्रहरी बिटसम्मको क्षेत्रमा सिल गरिएको प्रहरीले जनाएको छ।

रामेछापको खाडादेवी–४ स्थायी घर भइ मैतीदेवीमा डेरामा बस्ने जुम्ल्याहा दाजुभाइ मध्येका दाजुलाई संक्रमण देखिएको हो । भाइलाई घरमै क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरु वैशाख ३० गते रामेछापबाट काठमाडौँ आएको खुलेको प्रहरीले जनाएको छ । जेठ २ गते शुक्रराज ट्रपिकल सरुवा रोग केन्द्रमा पीसीआर प्रतिविधिबाट परीक्षण भएको थियो । संक्रमित पुष्टि भएकालाई हाल टेकू अस्पतालको आइसोलेशनमा राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया