वैशाख ८, २०८१ शनिबार April 20, 2024

सुदूरपश्चिम प्रदेशसभा : गेटा मेडिकल कलेज सञ्चालन गर्न ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशसभाका सदस्यले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको प्रारुपमा सञ्चालनको पहल गर्न सदनको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सदस्यले नेपाल सरकार मन्त्रिपरिष्दले केही महिनाअघि गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरे पनि यसविपरीत सरकारको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट कार्यक्रममा उक्त कलेजलाई दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कुरा आएको भन्दै आपत्ति जनाए ।

सदस्यले मल बीउबिजनको समयमै व्यवस्थापन गर्न, कारागारको क्षमता बढाउन, मुक्तकमैयाको उचित बसोबासको व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए । शून्य समयमा प्रकाश बम, अक्कलबहादुर रावल, शिवसिंह ओली, इन्दिरा गिरी, धर्मराज पाठकले आफ्ना धारणा राखेका थिए । बैठकमा सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गण्डकीमा मनाङेलाई भौतिक पूर्वाधार र चुमानलाई अर्थ मन्त्रालयको जिम्मेवारी
२०८१ वैशाख ८, शनिबार
प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी
२०८१ वैशाख ८, शनिबार
झुलाघाट नाका आजदेखि पुनः सञ्चालनमा
२०८१ वैशाख ८, शनिबार
पार्टीलाई सिद्ध्याउने षडयन्त्र भइरहेको छः रवि लामिछाने
२०८१ वैशाख ८, शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ: परराष्ट्रमन्त्री श्रेष्ठ
२०८१ वैशाख ८, शनिबार
कैलालीका ७ नदीमा तटबन्ध निर्माण सुरु
२०८१ वैशाख ८, शनिबार
काठमाण्डौंका यी स्थानमा आज ९ घन्टा विद्युत अवरुद्ध हुने
२०८१ वैशाख ८, शनिबार