वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

टेलिकमको ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डेटा पोस्टपेड-६३६’ प्याकेज सार्वजनिक

६३६ रुपैयाँमा टेलिकमको एक महिनाभर अनलिमिटेड भ्वाइस र डेटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः नेपाल टेलिकमले ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डेटा पोस्टपेड–६३६’ प्याकेजलाई परिमार्जन गरेकाे छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध यो अफर अन्तर्गत रु. ६३६ मा ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ ।

यस अफरमा अन नेट १५० ओटा एसएमएस पठाउन सकिने सुविधासमेत उपलब्ध छ ।

त्यसैगरी पहिले प्रत्येक दिन ३०० एमबी डेटा प्रयोग गर्न सकिने व्यवस्था भएकोमा अब एकमुष्ट ९ जीबी डेटा उपलब्ध हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया