असार २३, २०८२ सोमबार July 7, 2025

क्रिमसन अस्पतालमा उपचार गराईरहेका कोरोना संक्रमितको मृत्यु,शव व्यवस्थापनको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल । रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचार गराईरहेका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । गुल्मीको मदाने ६ का ४१ वर्षीय पुरूष जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका थिए ।

भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार बिहान मृत्यु भएको प्रदेश ५ सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले जानकारी दिएका छन ।

क्रिमसन अस्पतालले औपचारिक रूपमै उनको मृत्यु भएको जानकारी गराएको डा‍. चौधरीले बताएका छन। उनको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको डा. चौधरीले जानकारी दिएका छन ।

बुधबार मृत्युको खबर आएपछि खण्डन गरेको अस्पतालले विज्ञप्ति निकाले पनि मृत्यु भएको सार्वजनिक जानकारी गराएको छैन । उनले शव व्यवस्थापनको तयारी थालिएको र शव नेपाली सेनाले व्यवस्थापन गर्ने उनले बताएका छन । मृत्युको औपचारिक जानकारी स्वास्थ्य मन्त्रालयले नै दिने भएकाले अस्पतालले विज्ञप्ति ननिकालेको जनाइएको छ ।

निमोनिया भएको भन्दै बिरामीको ढाडको अप्रेसन गरी पानी निकालेपछि उनी सिकिस्त बनेको उनका आफन्तले बताएका छन् । सिकिस्त अवस्थामा रहेका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

जेठ १ गते उपचारका लागि क्रिमसन अस्पतालमा आएका उनको दुई गते स्वाब संकलन गरिएको थियो । जेठ ५ गतेमात्रै उनमा कोरोना पोजेटिभ देखिएको भैरहवास्थित प्रयोगशालाले जनाएको थियो ।

संक्रमण देखिएपछि बिरामीको वास्ता नगरेको र चिकित्सकले नियमित निगरानी पनि नगरेको आफन्तको दाबी छ । गुल्मीमा रहेका उनमा कसरी संक्रमण भयो भन्ने अझै खुलेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया