असार २१, २०८२ शनिबार July 5, 2025

काेरोनाका कारण टोकियो ओलम्पिक एक बर्ष पछाडी सर्ने संकेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः काेरोना भाइरसका कारण टोकियो ओलम्पिक एक वर्षपछि सारिएको छ । पूर्वनिर्धारित समयअनुसार टोकियो ओलम्पिक यही वर्ष हुनुपर्ने थियो । कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र आयोजक जापानबीचको आपसी समझदारीमा टोकियो ओलम्पिक सन् २०२१ मा गर्ने निर्णय भयो । यो निर्णय गत अप्रिलमा भएको थियो ।

 अहिले आइओसीका अध्यक्ष थोमस वाचले टोकियो ओलम्पिक अर्को वर्ष नभए प्रतियोगिता नै रद्द हुने बताएका छन् । ‘दुईपक्षीय वार्ताअनुरूप नै टोकियो ओलम्पिक अर्को वर्ष गर्ने भनिएको हो । तर, जापानले प्रतियोगिता नै गर्न सकेन भने टोकियो ओलम्पिक नै रद्द हुन सक्छ,’ एनओसीका अध्यक्ष थोमसले भने ।

जापानमा अहिले १७ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित छन् भने सात सय ९७ जनाको मृत्यु भएको छ । तत्कालै कोरोना भाइरस निर्मूल हुन नसक्ने जनाउँदै थोमसले टोकियो ओलम्पिकको  सम्भावना नभएको बताएका छन् । ‘कोरोनाको प्रभाव अन्त्य नहुँदासम्म प्रतियोगिता नै जोखिमपूर्ण अवस्थामा छ,’ थोमसले भने, ‘आर्थिक रूपमा समेत समस्या आउन सक्छ ।’

यद्यपि आइओसी ओलम्पिक हुने वा नहुने शंका गरिरहँदा आयोजक जापान टोकियो ओलम्पिक गराउने पक्षमा छ । जापान अझै पनि बन्द रंगशालाभित्र नै प्रतियोगिता गराउने पक्षमा देखिन्छ ।

जापानी प्रधानमन्त्री सिन्जो आवेले टोकियो ओलम्पिक समस्याबीच गराउँदा धेरै चुनौती सामना गर्नुपर्ने स्विकारेका छन् । ‘जापानले भाइरस नियन्त्रणमा राख्न सकेन भने ओलम्पिक आयोजना नै चुनौतीपूर्ण देखिन्छ,’ प्रधानमन्त्री सिन्जोले भने । कोरोना भाइरसको समाधानका लागि मेडिकल एसोसिएसनसँग भ्याक्सिन उत्पादन गर्ने सम्बन्धमा छलफल भइरहेको उनले बताए । ‘मेडिकल टिमसँग भ्याक्सिन उत्पादन गर्न छलफल भइरहेको छ,’ प्रधानमन्त्री सिन्जोले भने ।

आइओसीले ओलम्पिक आयोजकसँग एउटा सैद्धान्तिक प्रस्ताव अगाडि सारेको छ । खेलाडीहरूलाई सुरक्षित रूपमा मैदानमा उतार्न नियम बनाउने तयारीमा आइओसी छ । ‘हामीहरूको चाहना नै खेलाडीलाई स्वतन्त्र र सुरक्षित वातावरणमा प्रतिस्पर्धा गराउनु हो,’ एनओसीका अध्यक्ष थोमसले भने, ‘हामी कसैलाई पनि थाहा छैन, अर्को वर्षसम्म के हुन्छ वा यो दुई महिनामा कस्तो वातावरण बन्छ भनी ।’

कोरोनाका कारण टोकियो ओलम्पिक मात्र नभएर बेइजिङ विन्टर ओलम्पिक पनि प्रभावित बनेको छ । टोकियो ओलम्पिक समाप्त भएको ६ महिनापछि चीनले बेइजिङमा विन्टर ओलम्पिकको आयोजना गर्नेछ । आइओसीका अध्यक्ष थोमसले स्पष्ट रूपमा टोकियो ओलम्पिक सम्भव हुँदा मात्र विन्टर ओलम्पिकको परिकल्पना गर्न सकिने जनाएका छन् । ‘विन्टर ओलम्पिक आयोजना हुन पहिला टोकियो ओलम्पिक हुनुपर्छ,’ उनले भने, ‘यसैकारण जापानसमक्ष ओलम्पिक आयोजना गर्ने यो नै अन्तिम विकल्प हो ।’

यता विश्व स्वास्थ संगठन (डब्ल्युएसओ) ले दुई सय राष्ट्रबाट आएका ११ हजार एथलेटिक्सलाई एकै मञ्चमा प्रतिस्पर्धा गराउन उचित नभएको जनाएको छ । डब्ल्युएचओका ट्रेडोसले भने, ‘यो अवस्थामा दुई सय टिमका ११ हजार खेलाडीलाई खेलाउन सम्भावना छैन ।’ नयाँपत्रिका दैनिक ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार