असार २१, २०८२ शनिबार July 5, 2025

डर्बी खेलबाट ला लिगा सुरु गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्पेनिस शीर्ष डिभिजन फुटबल ला लिगा आगामी १२ जुनदेखि शुरु गर्ने गरी तयारी छ ।

कोरोना भाइरसको महामारीका कारण रोकिएको खेल सुरु हुँदा सेभिया डर्बी अन्तर्गत सेभिया र रियल बेटिसबीचको खेलबाट सुरु हुनेछ ।

स्पेनिस अनलाइन मार्काले १२ जुनमा उक्त खेल स्टाडियो रामोन सान्चेज पिजुअनमा हुने जनाएको छ । उक्त खेलबारे जानकारी एक स्पेनी रेडियोले दिएकोछ ।
ला लिगा मार्च देखि स्थगित छ । मार्काका अनुसार ला लिगाको बाँकी ११ चरणको पूरा खेल तालिका यही २८ मे मा २० क्लबलाई पठाइने छ ।

सेभियाका स्पोर्टिङ डिरेक्टर मोचीले पनि डर्बीमार्फत खेलमा पर्नु राम्रो हुने बताएका छन् । ‘डर्बीमार्फत ला लिगा फर्कनु भन्दा अरु राम्रो तरिका हुन सक्दैन’ मोचीले भने ।

ला लिगाका अध्यक्ष ज्याभिएर तेबासले आफ्नो आइडल डेट १२ जुनलाई नै मानेका छन् । तर यसका लागि स्पेनी सरकाले अनुमति दिनुपर्नेछ ।

जुन दोस्रो साता ला लिगा मैदान फर्काउने गरी स्पेनमा बार्सिलोना रियल मड्रिड लगायत क्लबहरुले हेल्थ प्रोटोकोल फलो गर्दै सानो समूहमा प्रशिक्षण नै शुरु गरिसकेका छन् ।

प्रशिक्षणअघि ला लिगाका खेलाडीहरुको कोभिड १९ परीक्षण गरिएकामा ५ जनालाई कोभिड १९ पोजिटिभ देखिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार