मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउनुपर्छ : मन्त्री बस्नेत

औषधि उद्योग आत्मनिर्भर बनाउनका लागि  सरकारले नेपाली औषधि उद्योगलाई प्रोत्साहन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको ‘नेपाली औषधिको विकास र चुनौती’ विषयक कार्यक्रममा उनले औषधि उद्योग आत्मनिर्भर बनाउनका लागि  सरकारले नेपाली औषधि उद्योगलाई प्रोत्साहन गर्ने बताए ।

उनले नेपाली औषधि उद्योगलाई आत्मनिर्भरसँगै गुणस्तरीय बनाउनुपर्ने भन्दै सरकारले नेपाली औषधि उद्योगलाई सधैँ संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री बस्नेतले उद्योग सञ्चालनमा कुनै नीतिगत रूपमा समस्या भए त्यसको समाधानका लागि आफू तयार रहेको  बताए । उनले औषधि उद्योगलाई नियमन र संरक्षण गर्दै जानुपर्ने बताए ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले नेपाली औषधि उद्योगलाई प्रवर्द्धन गर्न भएका ऐन तथा नियमावली कार्यान्वयन गर्नुपर्ने बताए । उनले सरकारले तय गरेका नेपाली औषधि प्रवर्द्धनका सबै नीतिनियमहरू कार्यान्वयन गर्न नसकिएको भन्दै सरकार सधैँ नेपाली औषधि उद्योगीको पक्षमा रहेको बताए ।

कार्यक्रममा औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले नेपालमा उत्पादन भएका औषधि गुणस्तरीय रहेको भनाइ राखे । उनले सरकारले सहयोग गरेको खण्डमा नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिने बताए । विदेशबाट आएका औषधिलाई मात्र विश्वास गर्ने नेपाली प्रवृत्तिले नेपाली औषधि उद्योग फस्टाउन नसकेको उनको भनाइ थियो ।

कार्यक्रममा औषधि उत्पादक सङ्घका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले नेपाली औषधि उद्योग समस्यामा रहेको भन्दै नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन नेपालमै उत्पादन भएका औषधि प्रयोग गर्नुपर्ने बताए । मञ्चका अध्यक्ष सरोज ढुङ्गेलले औषधि उद्योगले भोगिरहेका समस्याबारे सरकार गम्भीर हुनुपर्ने बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार