असार २३, २०८२ सोमबार July 7, 2025

मध्यरातमा आफताब आलमको घरमा छापा, प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राजपुर बमकाण्डका अभियुक्त पूर्वमन्त्री आफताब आलमको रौतहटस्थित घरमा प्रहरीले बिहीबार मध्यराति खानतलासी गरेको छ ।

उक्त बमकाण्डका फरार अभियुक्त महताब आलम (आफताब आलमका भाइ) लाई पक्राउ गर्न प्रहरी बिहीबार राति आलमको घरमा पुगेको थियो । तर त्यहाँ आलमलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।

मध्यरातमा प्रहरी छापा मार्न पुगेपछि स्थानीय बासिन्दाले अवरोध गरेका थिए । ठूलो संख्यामा जम्मा भएका स्थानीय बासिन्दाले प्रहरी टोलीमाथि नै आक्रमणको प्रयास गरेपछि प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ।

‘महताब घरमा लुकेर बसिरहेको सूचना पाएपछि प्रहरी टोली पक्राउका लागि पुगेको थियो, गाउँलेले उल्टै प्रहरीमाथि आक्रमण गर्न खोजे, हवाई फायर गर्नुपरेको हो’, रौतहटका एसपी रविराज खड्काले भने ।

उनले आलमको घरबाट कसैलाई पक्राउ भने नगरीएको जानकारी दिएका छन । ‘आलम घरमा लुकेर बसेको सूचना पाएपछि प्रहरी गएको थियो तर उनी घरमा फेला परेनन्’, खड्काले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया