भाद्र ६, २०८३ शनिबार August 22, 2026

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

मङ्गलबार बसेको प्रदेश सभा बैठकले बहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो। जेठ २४ गते प्रदेश सरकारले नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेको थियो। नीति तथा कार्यक्रममाथिको छलफलमा सबै प्रदेश सभा सदस्यहरुले भाग लिएका थिए।

छलफलमा सत्तापक्षका प्रदेश सभा सदस्यले थप्नुपर्ने विषयमा सुझावसहित नीति तथा कार्यक्रमको समर्थन जनाएका थिए। यसैगरी, प्रतिपक्षी दलबाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्यहरुले पुरानै निरन्तरता र कर्मकाण्डी भन्दै नीति तथा कार्यक्रमको विरोध गरेका थिए।

नीति तथा कार्यक्रम माथिको अन्तिम दिनको छलफलमा प्रदेश सभा सदस्यहरु जानकी ऐर बम, धर्मराज पाठक, टीका थापा, देवानसिंह विष्ट, हिरा सार्की, बेलबहादुर रानामगर, गीता चौधरी लगायतकाले भाग लिनु भएको थियो।

नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेको प्रश्नको जवाफ दिनुहुँदै मुख्यमन्त्री कमलबहादुर शाहले सत्तापक्ष, प्रतिपक्षबाट नीति तथा कार्यक्रममाथि राखिएको विचार, समर्थन, आलोचनाका लागि सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो।

उहाँले प्रदेश सभा सदस्यहरुले नीति तथा कार्यक्रमको प्राथमिकता, कार्यदिशा, महत्वकांक्षा र कार्यान्वयन पक्ष गरी मूलभूत रुपमा तीन वटा पक्षमा आ–आफ्ना विचार राखेको बताउनुभयो।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने सत्तापक्ष वा प्रतिपक्ष जुनसुकै तर्फका प्रदेश सभा सदस्यहरु परिवर्तनको पक्षमा रहेको मुख्यमन्त्रीको भनाइ थियो। “यो खुशीको विषय हो”, उहाँले अगाडि थप्नुभयो,“कोही पनि माननीयहरु अब परिवर्तन हुनु हुँदैन है भन्ने अथवा व्यक्तिवादी चाहना मैले पाएन।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
२०८३ भाद्र ६, शनिबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी
२०८३ भाद्र ६, शनिबार
सर्वोच्चको नयाँ नजिर : गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार
२०८३ भाद्र ६, शनिबार