भाद्र ७, २०८३ आइतबार August 23, 2026

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दै

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्ताहरुसंग छलफल गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संघीय संसदको संसदीय सुनुवाइ विशेष समितिको बैठक आज विहान ११ बजे बस्दैछ । आजको बैठकमा प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्ताहरुसंग छलफल गरिने सुनुवाइ समितिका सचिव पदम पाण्डेले जानकारी दिनुभयो ।

संवैधानिक परिषद्को बैठकबाट गत वैशाख २५ गते कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो । गत जेठ १६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले उहाविरुद्ध उजुरी दिनका लागी १० दिनको समय तोकेको थियो ।

निर्धारित समयमा २९ वटा उजुरी परेका छन् । उजुरीकर्तामा बहालवाला जिल्ला न्यायाधीश र अधिवक्ताहरू, अभियन्ता र अन्य केही रहेका छन् ।

उजुरीकर्ताहरुसंगको छलफल सकिएपछि भोलीको बैठकमा प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसंग छलफल गरिने पनि सचिव पाण्डेले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया