असार २२, २०८२ आइतबार July 6, 2025

चीनले बनाएको कोरोना विरुद्धको खोप परिक्षण सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चीनले बनाएको खोप कोरोना भाइरसको संक्रमण रोक्न सफल देखिएको अनुसन्धानकर्ताले दाबी गरेका छन्।

द ल्यानसेट जर्नलका अनुसार अनुसन्धानकर्ताले शुक्रबार सार्वजनिक गरेको पहिलो चरणको परीक्षण प्रतिवेदनले यो खोपले २ हप्ताभित्रै मानिसमा भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता वृद्धि गरेको देखाएको हो।

चीनका विभिन्न प्रयोगशालाका अनुसन्धानकर्ता मिलेर पहिलो चरणको परीक्षणअन्तर्गत १८ देखि ६० वर्षसम्मका १ सय ८ जनालाई यो खोप लगाएका थिए। जसको नतिजा अत्यन्तै प्रभावकारी आएको ल्यानसेटमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार खोपको एक डोज मात्रै दिइएका व्यक्तिको शरीरमा दुई हप्ताभित्रै टी सेल्स नाम गरेको रोग प्रतिरोधात्मक कोषिका बनेको पाइएको छ। खोप दिइएको २८ दिनमै मानिसमा प्रतिरोधात्मक क्षमताका लागि आवश्यक एन्टिबडी उच्च तहमा पुगेको पाइएको ल्यानसेटमा लेखिएको छ।

बोस्टनस्थित बेथ इजरायल डिकोनेस मेडिकल सेन्टरका डा. डान बारोउचले यो अति सकारात्मक नतिजा भएको तर अझै अनुसन्धानको खाँचो रहेको बताएका छन्। उनले भनेका छन्, ‘यो नतिजा प्रारम्भिक मात्रै हो। तर नतिजा अति सकारात्मक देखिएको छ।’

यसरी पहिलो नतिजाले नै यो खोप कोरोना भाइरसको संक्रमणबाट मानिसलाई जोगाउन सफल र सुरक्षितसमेत देखिएको दाबी अनुसन्धानकर्ताले गरेको द न्युयोर्क टाइम्सले लेखेको छ।

चीनको बेइजिङस्थित सिनोवाक बायोटेक कम्पनीले उत्पादन गरेको यो खोप एडी-५ नामक भाइरसबाट बनाइएको वैज्ञानिकले बताएका छन्।

मानिसलाई लगाउनुअघि यो खोप डा. डान बारोउचसहितको टोलीले बाँदरमा परीक्षण गरेको थियो। यो खोप लगाएपछि बाँदरमा कोरोना भाइरस संक्रमण नभएको देखिएको थियो।

अहिले कोरोना भाइरसविरुद्ध खोप विकास गर्न विभिन्न देशका वैज्ञानिकबीच होडबाजी नै चलिरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार