भाद्र २८, २०८३ आइतबार September 13, 2026

मेहेल पहिरो : बेपत्ता भएका तीन जना अझै भेटिएनन्

पहिराेमा परी बेपत्ता भएकाको खोजीकार्य जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गत शनिबार राति ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा गएको पहिराेमा परी बेपत्ता भएकाको खोजीकार्य जारी छ। अहिले स्थानीय र नेपाल प्रहरीले खाजीकार्य जारी राखेका छन्।

सिदिङ्वा गाउँपालिका-६ मेहेले मुकुभञ्ज्याङमा शनिबार राति पहिराले एकै घरका तीन गरी चार जना बगाएको थियो।

चार जनामध्ये आइतबार बिहान एक जनाको शव भेट्टिएको थियो भने एकै घरका परिवारको तीन जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका प्रहरी प्रवक्ता कुशुराम कार्कीले बताए।

जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार मेहेलेमा भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, उनकी बुहारी ३० वर्षीया सन्ध्या र नाति नौ वर्षीय प्रज्ज्वल अझै बेपत्ता रहेको र उनीहरूको खोजतलास तथा उद्धार जारी रहेको जानकारी दिए।

जिल्ला प्रहरीका अनुसार आइतबार बिहान सिदिङ्वा-६ मेहेलेमा पहिरामा परी एकै परिवारका बाबुछोराको मृत्यु भएको छ।

गएको पहिरामा परी मेहेलेका ६७ वर्षीय केशरबहादुर राई र छोरा ३६ केशरकुमारलाई मृतावस्थामा फेला पारिएको थियो। सोही पहिरामा परी ४५ वर्षीय राजकुमार राई गग्भीर घाइते अवस्थामा नेपाली सेनाको हेलिकोप्टरमार्फ उद्धार गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार प्रतिकूल मौसमका कारण पाँचथर जिल्लामा आकस्मिक अवतरण गरेर पाँचथरमै उपचार भएको थियो।

घाइते राईलाई थप उपचारका लागि मंगलबार बिहान नेपाली सेनाका हेलिकोप्टरमार्फत विराटनगरको न्यूरो अस्पतालमा पुर्याएको जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया