भाद्र १, २०८३ सोमबार August 17, 2026

ईसेवामा रहेको पैसा एटीएमबाट यसरी निकाल्नुहोस् (भिडियो)

ईसेवा प्रयोगकर्ताले एभरेष्ट बैंकको एटीएम मसिनबाट बिना सेवा शुल्क दैनिक पाँच हजार रुपैयाँसम्म निकाल्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः डिजिटल वालेट ईसेवामा भएको रकम अब एटीएमबाट निकाल्न सकिने भएको छ । ईसेवाले एभरेष्ट बैंकसँगको सहकार्यमा यस्तो सेवा बुधबारदेखि सञ्चालनमा ल्याएको हो ।

यसअन्तर्गत ईसेवा प्रयोगकर्ताले एभरेष्ट बैंकको एटीएम मसिनबाट बिना सेवा शुल्क दैनिक पाँच हजार रुपैयाँसम्म निकाल्न सक्नेछन् । हाललाई यो भन्दा बढी रकम निकाल्ने व्यवस्था भने छैन ।

एटीएमबाट ईसेवामा भएको पैसा निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन । प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ओटीपीमार्फत सहजै नगद झिक्नसक्ने कम्पनीले जनाएको छ ।

यसअघि ईसेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्सफर गर्नुपर्ने हुन्थ्यो । तर अबदेखि एटीएम मार्फत पनि रकम झिक्न सकिने भएपछि प्रयोगकर्तालाई सहज हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले बताए । यो सेवा वालेट कम्पनीहरूमा नेपालमै पहिलो पटक सुरुवात गरिएको हो ।  टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया