भाद्र ७, २०८३ आइतबार August 23, 2026

एमालेसहित प्रतिपक्षी दलले गरे संसद अवरुद्ध

एमाले, रास्वपा, राप्रपासहित प्रतिपक्षी दलहरुले गरे संदन अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्षी दल एमालेसहित प्रतिपक्षी दलले संसद अवरुद्ध गरेका छन् । बजेट संशोधन गरेर निर्णयार्थ प्रस्तुत गरिनुपर्ने माग गर्दै उनीहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका हुन् ।

एमाले, रास्वपा, राप्रपासहित प्रतिपक्षी दलहरुले संदन अवरुद्ध गरेका हुन् । मंगलबार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भएको सहमति कार्यान्यवन नगरी सदन अगाडि बढ्न नसक्ने भन्दै एमाले प्रमुख सचेतक पदम गिरीले बताउनु भयो।

अहिले प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाइरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया