भाद्र ६, २०८३ शनिबार August 22, 2026

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, बजेट माथीको छलफल हुनेमा आशंका कायमै

सत्तापक्षीय सांसद स्वयं समेत असन्तुष्ट रहेको बेला प्रदेशसभा चल्नेमा भने अझैं आशंका कायमै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लुम्बिनी प्रदेश सभाको आजको बैठकमा बजेट माथी छलफल हुने भएको छ ।

लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पेश गरेको बजेट माथी आज छलफल हुन लागेको हो । जसका लागि आइतवार प्रदेशसभा बैठक बस्दैछ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले असन्तोष जारी गरेको तथा सत्तापक्षीय सांसद स्वयं समेत असन्तुष्ट रहेको बेला प्रदेशसभा चल्नेमा भने अझैं आशंका कायमै छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटबारे आन्तरिक सहमति नजुट्दा बजेट पेश भएको दुई साता नाघिसक्दा पनि त्यसमाथी अझै पनि छलफल सुरु हुन सकेको छैन । जसकाकारण बजेट माथी सांसदहरुको औपचारिक धारणा बाहिर आउन सकेको छैन ।

पुर्वनिर्धारित कार्यसुची अनुसार गत असार १० गतेवाट बजेट माथि छलफल सुरु गर्ने भन्दै बैठक अाव्हान गरिएको भए पनि बिबाद नसल्टे पछि सूचना टाँसेर स्थगित गरिएको थियो ।

गत असार १ गते अर्थमन्त्री धनबहादुर मास्केले ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट प्रदेशसभामा पेस गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
२०८३ भाद्र ६, शनिबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी
२०८३ भाद्र ६, शनिबार
सर्वोच्चको नयाँ नजिर : गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार
२०८३ भाद्र ६, शनिबार