भाद्र ६, २०८३ शनिबार August 22, 2026

संसदीय समितिको सभापति छिट्टै चयन गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति

समितिको सभापति छिट्टै चयन गर्ने विषयलाई अविलम्ब टुङ्ग्याउन दलका शीर्ष नेताहरू सहमत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सभामुख देवराज घिमिरे र प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफलमा संसदीय समितिको सभापति छिट्टै चयन गर्ने विषयमा सहमति भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा समितिको सभापति छिट्टै चयन गर्ने विषयलाई अविलम्ब टुङ्ग्याउन दलका शीर्ष नेताहरू सहमत भएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो ।

सभामुख घिमिरेले संसदीय गतिविधिलाई प्रभावकारी बनाउन लामो समयदेखि समितिको सभापति चयन हुन नसकेको अवस्थामा उत्पन्न परिस्थिति र विषयमा छलफल भएको र छिट्टै यो विषय टुङ्गो लगाउन शीर्ष नेताहरू सहमत हुनु भएको पनि बताउनुभयो ।

यस्तै बैठकपछि कानून न्याय तथा संसदीय मामिला मन्त्री मन्त्री धनराज गुरुङले शीर्ष नेताहरुबीच संसदीय समितिका सभापति छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको जानकारी दिनुभयो ।

सभामुख घिमिरेले बोलाउनु भएको छलफलमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ सहभागी हुनुहुन्थ्यो ।

प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समितिहरू छन् । गत वैशाख १५ गते प्रतिनिधि सभाका १० वटै विषयगत समिति गठन भएको थियो । ती सबै संसदीय समितिका सभापति चयन भएका छैनन् ।

राष्ट्रिय सभा र प्रतिनिधि सभाका संयुक्त दुई समिति पनि सभापति विहीन छन् । जसका कारण समितिमा विभिन्न विधेयकहरू समेत अगाडी बढ्न सकेका छैनन् ।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसिमा नै तोक्दा पनि दलहरूले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई छलफलका लागि बोलाउनु भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
२०८३ भाद्र ६, शनिबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी
२०८३ भाद्र ६, शनिबार
सर्वोच्चको नयाँ नजिर : गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार
२०८३ भाद्र ६, शनिबार