श्रावण १६, २०८३ शनिबार August 1, 2026

चार जिल्लाका सीडीओ सरुवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना महामारीकै बीच गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार बाँके, सप्तरी, जुम्ला र पर्वतका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो।

कोरोनाको सबैभन्दा जोखिम देखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कालाई गृह मन्त्रालयमा ल्याउँदै स्याङ्जामा कार्यरत रामबहादुर कुरुङमाङलाई बाँकेको जिम्मेवारी दिइएको छ।

पर्वतमा शम्भु रेग्मी, सप्तरीमा संशर आचार्य र जुम्लामा भुपेन्द्र थापालाई सरुवा गरिएको छ। सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनील खनाललाई अध्यागमन विभागमा ल्याइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया