मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

एक वर्षमा २७ हजार बढीको सुर्तीजन्य पदार्थ सेवनका कारण मृत्यु

माल्दिभ्समा ६९ प्रतिशत, श्रीलंकामा ६६ प्रतिशत, पाकिस्तानमा ५६ प्रतिशत, भारतमा ५४ प्रतिशत सूर्तीजन्य पदार्थमा कर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः अध्ययन अनुसार वर्षमा २७ हजार बढी नागरिकको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा करिब २७ लाख १ सय ३७ जनाको मृत्यु एक वर्षमा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गर्छ । पछिल्लो सन् २०१८ को अध्ययन अनुसार उक्त संख्यामा नागरिकको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा  मधेश प्रदेशमा भएको पत्रकार अन्तरक्रिया कार्यक्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक श्याम लम्सालले सुर्तीजन्य पदार्थको सेवनबाट नसर्ने रोग क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग र मधुमेह हुन पुगेको बताए । उनले सुर्तीजन्य पदार्थको सेवनबाट हुने मृत्यु नेपालको जम्मा मृत्युको १५ प्रतिशत भएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुर्तीजन्य पदार्थको सेवनबाट हुने मृत्युमा मुटु सम्बन्धी रोगका कारण २८ प्रतिशत मानिसहरुको मृत्यु हुने गरेको छ । तथ्यांक अनुसार विश्वमा करिब ८० लाख मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको कारण हुने गर्दछ ।  सुर्तीजन्य पदार्थको सेवनबाट उत्पन्न रोगको महामारीबाट हरेक वर्ष मृत्यु हुने ८० लाख मध्ये करिव १२ लाख जतिले धुम्रपान सेवन नगरेपनि अरुले गरेको धुम्रपानको धुवाँको असरबाट मृत्यु हुने गरेको प्राध्यापक श्याम लम्सालले बताए ।

Health Risks and Diseases of Smoking

विश्व स्वास्थ्य संगठनले सूर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउन सिफारिस गरेको धेरै भएको छ । कर बढी लगाउँदा धेरै कमले सेवन गर्ने अनुमानका आधारमा डब्लुएचओले कर ७५ प्रतिशत लगाउन सिफारिस गरेको हो । तर, नेपालमा आधा भन्दा कम कर लगाइएको छ । सबैभन्दा पहिला ९० प्रतिशत चेतनामुलक चित्र छापेर अन्तराष्ट्रिय पुरस्कार थाप्न सफल भएको नेपालले कर लगाउने विषयमा शिर निहुराउनु परेको छ ।

स्वास्थ्य मन्त्रालयको विवरण अनुसार नेपाल दक्षिण एसियाकै कम कर लगाउने देश हो । नेपालमा ३३ प्रतिशत मात्रै कर लगाइएको छ । सबैभन्दा बढी बंगलादेशमा कर लगाइएको छ । त्यहाँ सूर्तीजन्य पदार्थमा ७१ प्रतिशत कर लगाइएको छ । माल्दिभ्समा ६९ प्रतिशत, श्रीलंकामा ६६ प्रतिशत, पाकिस्तानमा ५६ प्रतिशत, भारतमा ५४ प्रतिशत सूर्तीजन्य पदार्थमा कर लगाइएको छ ।

सरकारले कर बढाउन खोजेपनि सूर्ती उद्योगीहरुले यसलाई प्रभावित बनाउँदै आएका छन् । उनीहरुले ९० प्रतिशत चित्र अंकित पिक्चर नछापेको, सूर्ती खेती गर्ने किसानहरुले सूर्ती उद्योगको उक्साहटमा मुद्धा हालेको अवस्था छ । यसलाई चिर्न पत्रकारहरुले गम्भीरर अध्ययन गरेर कलम चलाउन आवश्यक भएको प्राध्यापक लम्सालले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार