मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरलाई

गोकर्णेश्वर नगरपालिकालाई ७–२ गोलअन्तरले पराजित गर्दै ललितपुर बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैंः नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरले जितेको छ ।

शनिबार कपनस्थित कपअन स्पोट्स सेन्टरमा भएको फाइनल खेलमा ले उपाधि जितेको हो । उपाधिसँगै ललितपुर महानगरपालिकाले दुई लाख प्राप्त गरेको छ ।

गोकर्णेश्वरले भने एक लाखमै चित्त बुझायो । ललितपुरलाई उपाधि दिलाउगोकर्णेश्वर नगरपालिकालाई ७–२ गोलअन्तरले पराजित गर्दै ललितपुरन मनिस खड्का एक्लैले ६ गोल गरे । सुयोग थापाको नाममा एक गोल रह्यो । गोकर्णेश्वरका लागि सागर थिङ र सरोज थिङ एक–एक गोल गरे । मैदानमा उत्कृष्ठ तालमेल देखाएको गोकर्णेश्वरले पहिलो हाफमा ललितपुरलाई २–२ गोलको बराबरीमा रोकेको थियो । यद्यपि, दोस्रो हाफमा ललिपुरले एकलौटी गोल थप्दै उपाधि जित्यो ।

प्रतियोगिताका विजेता र उपविजेता टोलीका खेलाडी एवं अफिसियलहरुलाई आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष छितिज थेबे लगायत पदाधिकारीहरुले पुरस्कार वितरण गरेका थिए । राष्ट्रिय युवा संघ नेपालले स्वास्थ्य युवा, स्वास्थ्य समाज भन्ने नाराका साथ उपत्यकाका युवाहरुबीच फुटसल प्रतियोगिताको आयोजना गरेको हो ।

राष्ट्रिय युवा संघ नेपालले उपत्यकाका प्रत्येक स्थानीय तहहरुमा आन्तरिक छनोट प्रतियोगिता अयाोजना गर्दै प्रतियोगिताका लागि टोली तयार पारेको थियो । फाइनल खेलमा उपत्यकाका विभिन्न २१ पालिका टोलीहरुको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया