मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

एनपीएलको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

साबिक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, ५ मंसिर । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल २०२६) को उपाधि भिडन्तमा साबिक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन् ।

फाइनल खेल शनिबार साँझ बेलुका ५:०० बजे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ।

गत वर्षको दोस्रो संस्करणको फाइनलमा पनि यिनै दुई टोली आमनेसामने भएका थिए, जसमा लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै उपाधि उचालेको थियो । यसपटक लुम्बिनीलाई उपाधि रक्षा गर्ने सुनौलो अवसर छ भने सुदूरपश्चिमलाई अघिल्लो हारको बदला लिँदै पहिलो पटक च्याम्पियन बन्ने मौका रहेकाे छ ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै सोझै फाइनलमा प्रवेश गरेको हो भने दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायरमा पराजित भए पनि हार नमानी दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया