मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

फुटबल क्लब संघको अध्यक्षमा कर्माछिरिङ शेर्पा चयन (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल फुटबल क्लब संघको अध्यक्षमा कर्माछिरिङ शेर्पा चयन भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष शेर्पा हिमालयन शेर्पा क्लबका अध्यक्ष हुन्।

सहिद स्मारक ए, बी र सी डिभिजन लिग खेल्ने ४२ मध्ये ३२ क्लबको भेलाले शेर्पालाई अध्यक्ष चुनेको हो।

कार्यसमितिमा ए डिभिजन लिगबाट ६ जना, बी डिभजबाट ४ जना र सी डिभजबाट ३ जना गरी १३ सदस्य छन्।

कार्यसमिति:

अध्यक्ष : कर्माछिरिङ शेर्पा (हिमालयन शेर्पा क्लब)
उपाध्यक्ष : विजय घले  (मनाङ मर्स्याङ्दी क्लब)
महासचिव : उपेन्द्रमान सिंह  (मध्यपुर युथ एसोसिएसन)
सचिव : ध्रुवविक्रम पाण्डे  (सानेपा क्लब)
कोषाध्यक्ष : मनोरथ आचार्य  (एसएसस स्पोर्ट्स साँगा)

सदस्य : इन्द्रमान तुलाधर  (संकटा क्लब)
सदस्य : विश्वास विक्रम शाह  (फ्रेन्ड्स क्लब)
सदस्य : कपिल राना  (सातदोबाटो युथ क्लब)
सदस्य : दिकेन सुवाल  (एनआरटी)
सदस्य : रामकुमार तामाङ  (नयाँ बस्ती युवा क्लब)
सदस्य : शिक्षित पराजुली  (सरस्वती युवा क्लब)
सदस्य दिपक ज्ञावली  (मनोहरा युनाइटेड क्लब)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया