भाद्र १, २०८३ सोमबार August 17, 2026

लक्ष्मी र सनराइज बैंकका मोबाइल तथा इन्टरनेट बैंकिङ दुई दिन नचल्ने

आज भोली डेटा माइग्रेसनको काम हुने भएकाले बैंकका सबै प्रणालीहरू बन्द रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आज र भोलि लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंकका मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ नचल्ने भएको छ । लक्ष्मी बैंकले एक सूचना जारी गर्दै यस विषयमा जानकारी दिएको हो ।

लक्ष्मी र सनराइज बैंक गाभिई असार २९ गतेदेखि संयुक्त रुपमा कारोबार सुरु गर्ने भएकाले डेटा मर्जरको काम गर्नुपर्ने हुँदा आज र भोली यी दुवै बैंकको मोबाइल र इन्टरनेट बैंकिङ नचल्ने सूचनामा उल्लेख छ ।

आज भोली डेटा माइग्रेसनको काम हुने भएकाले बैंकका सबै प्रणालीहरू बन्द रहनेछन् । यसले गर्दा डिजिटल सेवामा प्रभावित हुने बैंकले जनाएको छ । यो अवधिमा बैंकको क्रेडिट कार्ड बाहेकका सबै वित्तीय सेवा बन्द हुने बैंकले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया