मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

कोलेस्टेरोल बढेर हैरान हुनुभएको छ यसो गर्नुहोस्

जति दिनसम्म रगतमा कोलेस्टेरोलको मात्रा सामान्य भन्दा बढि हुन्छ, त्यतिनै यसको समस्या बढी हुने गर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः कोलेस्टेरोल अहिले उच्च स्वास्थ्य समस्याको रुपमा देखा परेको छ । अहिलेको समयमा विशेषगरि युवाहरुमा पनि उच्च कोलेस्टेरोलको समस्याहरु धेरै नै बढेको पाइन्छ । यसको प्रमुख कारण उच्च कोलेस्टेरोल धेरै समयसम्म यदि कुनै व्यक्तिमा भयो भने मुटुको नलीमा रगत जमेर यसले हृदयघात निम्त्याउँन सक्छ । त्यसैगरी मस्तिष्कको रक्तनलीमा जम्मा भएर दिमागमा आक्रमण गर्न सक्छ ।

जति दिनसम्म रगतमा कोलेस्टेरोलको मात्रा सामान्य भन्दा बढि हुन्छ, त्यतिनै यसको समस्या बढी हुने गर्छ । त्यसैले प्रायजसो अवस्थामा उच्च कोलेस्टेरोललाई नियन्त्रणमा राख्नको लागि औषधी प्रयोग गरिन्छ र औषधी लामो समयसम्म नछुटाई चिकित्सकको परामर्श अनुसार प्रयोग गर्नुपर्दछ । प्रायजसो अवस्थामा खाना नै उच्च कोलेस्टेरोलको प्रमुख कारण मानिन्छ ।

हाम्रो रगतमा जुन कोलेस्टेरोलको मात्रा बढेको त्यसका कारण हाम्रो खाना हो । खानामा भएको बोसोयुक्त खानाले रगतमा गएर नराम्रो कोलेस्टेरोल बढाउने गर्छ । यदि कुनै व्यक्तिले राम्रोसँग बुझेर आफ्नो खानालाई नियन्त्रण गर्न सक्यो भने औषधीको मात्रा घटाउन सक्छ अथवा औषधी खानै नपर्ने अवस्था आउन सक्छ । तर यी कुराहरु चिकित्सकको परामर्श अनुसार हुनुपर्दछ ।

कोलेस्टेरोल नियन्त्रण गर्ने उपायहरु

१. कोलस्टेरोल नियन्त्रण गर्न मांशाहारी खानाहरु कम गर्ने । मांशाहारी खानाहरुमा रातो मासु जुन एकदमै बोसोयुक्त हुन्छ । त्यसैगरी कुखुराको मासु र अण्डाको पहेँलो भागले कोलेस्टेरोल बढी हुन्छ ।

२. बजारमा पाइने खानेकुराहरुमा प्रयोग गरिने तेल पुनः प्रयोग गरिएको हुन्छ । जसले हाम्रो मुटुमा ब्लकेजको बढाउने सम्भावना बढी हुन्छ । त्यसैले घरमै बनाइएको स्वस्थ खाना खानुपर्दछ ।

३. बजारमा पाइने प्याकेटभित्र लामो समयसम्म राखेका खानेकुराहरुमा जुन विभिन्न प्रकारमा केमिकल प्रयोग गरिएको हुन्छ उक्त खानेकुरा हामीले खायौं भने कोलेस्टेरोल बढाउँनुको साथै हाम्रो स्वाथ्यमा नराम्रो असर पार्ने भएकोले प्याकेजिङ गरेर राखेको खानेकुराहरु खानु हुँदैन ।

४. तेलमा तारेका खानेकुराहरु कम खायौं भने वा खानेकुरा पकाउँदा प्रयोग गरिने तेल कम मात्रामा वा बारम्बार प्रयोग गरेनौं भने कोलेस्टेरोलको मात्रा कम गर्न सकिन्छ ।

५. दुध वा दुधबाट बनाइएका परिकारहरुले पनि कोलेस्टेरोलको मात्रा बढाउने गर्दछ । घिउमा सेचुरेटेड फ्याट बढि हुने हुनाले दुधजन्य खानेकुराहरुलाई कम गनुपर्छ ।

६. फाइबरयुक्त खानेकुराहरु र रेसादार भएका खानेकुराहरु खायौं भने आन्द्रामा गएर कोलेस्टेरोलको मात्रा घटाउँछ र कोलेस्टेरोलमा सुधार आउन सक्छ ।

७. फलफुल र सागसब्जीले राम्रो कोलेस्टेरोल बढाउने हुँनाले यसको प्रयोग गर्नुपर्दछ ।

८. धुम्रपान वा मद्यपान को प्रयोग गर्नुहुँदैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार