काठमाण्डौः भारतविरुद्ध २ खेलको टेस्ट सिरिजको पहिलो खेलको पहिलो इनिङमा वेस्टइन्डिज १ सय ५० रनमै अलआउट भएको छ।
पहिलो दिन भारतीय स्पिनरको दबदबा रहेको खेलमा वेस्टइन्डिजका कुनै पनि खेलाडीले अर्धशतकीय इनिङ पूरा गर्न सकेनन्।
पहिलो दिननै आफ्नो इनिङ सुरु गरेको भारतले दिनको खेलको समाप्तिमा बिना विकेटको क्षतीमा ८० रन बनाएर खेलिरहेको छ। भारतका लागि कप्तान रोहित शर्मा ३० तथा अर्का ओपनर यशस्वी जैसवाल ४० रन बनाएर अविजित छन्।
त्यसअघि पहिले ब्याटिङ गरेको वेस्टइन्डिजका लागि डेब्यु गरीरहेका एलिक एथनाजले ४७ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक कप्तान क्राइग ब्रेथवेटले ३० तथा ज्यासन होल्डरले १८ रन बनाए। त्यस्तै रखिम कर्नवेलले १९ रन जोडेका थिए।

भारतका लागि रविचन्द्रन आश्विनले सर्वाधिक ५ विकेट लिए। त्यस्तै रविन्द्र जडेजाले ३ विकेट हात पार्दा मोहम्मद सिराज र सार्दुल ठाकुरको नाममा समान १-१ विकेट रह्यो। आश्विनले ५ विकेट लिएसँगै अन्तर्राष्ट्रिय क्रिकेटमा ७ सय विकेटको कोसेढुङ्गा पूरा गरेका छन्। उनी यो उपलब्धि हासिल गर्ने तेस्रो भारतीय खेलाडी हुन्।
उनीभन्दा अघि अनिल कुम्बले ९ सय ५६ तथा हरभजन सिंह ७ सय ११ विकेट रहेको छ। विश्वमा भने उनी सर्वाधिक विकेट लिने खेलाडीको १६ औँ नम्बरमा आएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया