मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

गण्डकी प्रदेशका ५० हजार पशु चौपायमा लम्पी स्किन रोग फैलियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः गण्डकी प्रदेशमा करिब ५० हजार पशु चौपायमा लम्पी स्किन रोग फैलिएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशका अनुसार गण्डकीपमा ४८ हजार १३९ पशु चौपायमा लम्पी स्किन रोग फैलिएको हो ।

२०१९ मा आएको कोरोनाजस्तै फैलिएको उक्त रोग प्रदेशका ११ वटै जिल्लामा नै फैलिसकेको छ । गण्डकीका ८० पालिकामा संक्रमण फैलिसकेको छ । मनाङका ३ र मुस्ताङका २ पालिकामा अहिलेसम्म लम्पी स्किन रोग पुगेको छैन ।

अन्तिम पटक मनाङको चामेस्थित थान्चोकका किसानले पालेको गोरुमा यो रोग देखिएको थियो । संक्रमित पशु चौपायमध्ये १ हजार ८ सय १ पशु चौपायको मृत्यु भएको निर्देशनालयका पशु चिकित्सक सुरेशकुमार श्रेष्ठले जानकारी दिएका छन ।

गोरखामा सबैभन्दा धेरै १३ हजार ८ सय ३६ पशु चौपाय लम्पी स्किनको संक्रमित भएका छन् । लम्पी स्किनबाट ४ हजार ५ सय ७३ वटा बाच्छाबाच्छी, २४ हजार ३ गाई, १७ हजार ७ सय ६४ गोरु, १ सय २५ पाडापाडी, १ हजार ५ सय ५२ भैंसी र १ सय २२ वटा राँगो संक्रमित भएको तथ्यांक छ । संक्रमित मध्ये २ सय १४ बाच्छाबाच्छी, ८ सय ४९ गाई, ६ सय ९८ गोरु, १७ वटा पाडापाडी, २२ वटा भैंसी र एउटा राँगोको मृत्यु भएको छ ।

रोगबाट बच्न खोप अभियान सञ्चालन गरिएको पशु चिकित्सक श्रेष्ठले बताए । ५ सय ९५ जना किसानका ६० हजार ६ सय ९९ वटा पशुमा खोप लगाइसकिएको उनको भनाइ छ ।‘ठूलो फर्महरुमा क्षति भएको छैन । पहिले नै खोप लगाएर सुरक्षित गरिएको छ, अहिले पनि खोप अभियान तीव्र छ,’ उनले भने ।

निर्देशनालयका अनुसार गण्डकी प्रदेशका किसानले १० लाख वटा गाई र भैंसी पालेका छन् । लम्पी स्किन निरन्तर फैलिएको र अझै सर्न सक्ने भएकाले सबै गाईभैंसीमा खोप आवश्यक परेको निर्देशनालयले जनाएको छ । प्रदेश सरकारले आगामी वर्षको बजेटमा पूर्ण खोप अभियानका लागि ३ करोड ५० लाख र लम्पी स्किन विरूद्धको खोपका लागि १ करोड बजेट विनियोजन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार