मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

सिन्धुलीमा एक सय सात एचआईभी संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सिन्धुुली जिल्लामा हालसम्म १०७ जना एचआईभि संक्रमितको पहिचान भएको छ । उनीहरु मध्ये ७० जनाले सिन्धुली अस्पतालको एआरटी शाखाबाट औषधि सेवन गर्ने गरेका छन । अन्य ३० जना भने जिल्लामा उपलब्ध छैनन । संक्रमितलाई गरिने सामाजिक अपमान र गलत व्यवहारका कारण जिल्लाबाट एचआईभी संक्रमितहरु जिल्लामा बस्न छोडेको पाईएको एचआईभि संक्रमितहरुका लागि काम गर्ने संस्था सिन्धुली प्लसका अध्यक्ष सुजन थापाले बताए ।

जिल्लामा हालसम्म फेला परेका संक्रमितहरुमध्ये ३ वर्षिय बालिका देखि ७० वर्षसम्मका व्यक्तिहरु रहेका छन । एचआईभी संक्रमितको सवालमा विगत सातवर्षदेखि काम गरिरहेको सिन्धुली प्लसका अध्यक्ष थापाका संक्रमितहरु नखुल्ने गरेका कारण पहिचानमा समस्या हुने गरेको बताए ।

उनका अनुसार जिल्लामा एक घरमा तीन जनासम्म संक्रमितहरु पाईएका छन । संक्रमितमध्ये ३ जनाको मृत्यु भईसकेको छ । २ महिला र २ पुरुष गरि ४ जनालाई संस्थाको सामुदायिक हेरचाह केन्द्रले काठमान्डौ रिफर गरेको थापाले बताए । एचआईभि/एड्स संक्रमितहरु सबैभन्दा धेरै कमलामाई नगरपालिकामा ३५ जना भेटिएका छन ।

संक्रमितहरु प्रायः श्रीमान श्रीमति नै रहेका छन । एचआईभि/एड्स संक्रमितहरुको हेरचाह तथा उपचारमा काम गर्दै आएको संस्था सिन्धुली प्लसले जिल्लामा एचआईभि÷एड्स संक्रमितहरुको खोजी, तथ्यांक संकलन, नियमित औषधि सेवनका लागि उपचारमा सहयोग लगाएतका काम गर्दै आएको छ भने संक्रमितहरुले सिन्धुली अस्पतालको एआरटिमार्फत औषधि सेवन गर्छन ।

सामुदायिक सेवा केन्द्रको सहजीकरणमा एक बालिका सहित ७० जना विरामीले नियमित औषधि सेवन गरिरहेका छन । विशेष गरि लागु औषध सेवनकर्ता, विदेश तथा भारतमा काम गर्न गएर फर्केकाहरुसँगको यौन सम्बन्ध र रगतको माध्यमबाट पनि एड्स लागेको पाईएको संक्रमितहरुसँगको छलफलमा पत्ता लागेको थापाले बताए ।

गाउँगाउँमा गएर रगत परिक्षण गर्ने हो भने यो संख्या दोब्बर नाघ्न सक्ने अनुमान रहेको संस्थाले जनाएको छ । संक्रमितहरु धेरै जसो बैदेशिक रोजगारीबाट फर्किएका, सवारी चालकहरु, लागु औषध प्रयोगकर्ता नै रहेको संस्थाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार