असार २४, २०८२ मंगलबार July 8, 2025

नेपाली सेनाले चीनबाट ल्यायो १४ टन स्वास्थ्य सामग्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली सेनाले चीनबाट हवाई मार्ग हुँदै दोस्रो खेप स्वास्थ्य सामाग्री ल्याएको छ । २८ हजार पीसीआर किट, पीपीईलगायतका सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन ।

सेनाको स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको हवाई जहाज बुधबार चीनको ग्वान्झाओ गएको थियो । नेपाली सेनाले बुधबारको पत्रकार सम्मेलनमा २८ टन स्वास्थ्य सामग्री दोस्रो लटमा ल्याउने बताए पनि १४ टन मात्रै सामग्री आएको छ ।

३० वटा पोर्टेबल एक्सरे मेसिन रहेकाले अहिले हवाईमार्गबाट भने जति सामान ल्याउन नसकिएको सैनिक प्रवक्ता पाण्डेले बताएका छन। बाँकी सामग्री अब स्थलमार्गबाट तातोपानी भन्सार नाका हुँदै ल्याउने उनले बताएका छन ।

यसअघि ६ जेठमा सेनाले १८.९ टन स्वास्थ्य सामग्री पहिलो चरणमा हवाई मार्गबाट ल्याएको थियो ।

ओम्नी विजनेस कर्पोरेसन इन्टरनेशनलसँग भएको सम्झौता विवादित बनेपछि सरकारले त्यसलाई रद्द गर्दै स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको सेनालाई दिएको थियो । तर सेनाले पनि लामो समय स्वास्थ्य सामाग्री ल्याउन नसकेपछि आलोचना भएको थियो ।
जंगीअड्डाले पहिलो चरणमा हवाई मार्गबाट मे ५ तारिखमा ३७ टन स्वास्थ्य सामग्री ल्याउने बताए पनि आएन । भन्सारको प्रक्रिया र चीनमा सरकारी विदाको कारण समयमा सामान ल्याउन नससकेको उसको दाबी थियो ।

त्यसो त पहिले हवाई मार्गबाट सामान ल्याउने भनिए पनि ढिलाइ भएपछि सेनाको कन्टेनरले स्थलमार्गबाट पहिले ९ टन स्वास्थ्य सामग्री काठमाडौं ल्याएको थियो । तातोपानी नाका हुँदै काठमाडौंसम्म आइपुग्न १० वटा ट्यांकरलाई १३ दिन लागेको थियो ।

अब थप अत्यावश्यक स्वास्थ्य सामग्री स्थलमार्गबाटै ल्याउने सेनाको तयारी छ । सेनाले तीन सय ४२ टन स्वास्थ्य सामग्री ल्याउने गरी दुई अर्ब २५ करोढ बढीको सम्झौता ९ वैशाखमा गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार