मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

काभ्रेमा लम्पी स्किन रोकथामका लागि खोप अभियान

सङ्क्रमण भएका गाईवस्तुलाई औषधि उपचारसँगै निःशुल्क रुपमा खोप अभियान सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः लम्पी स्किन रोगको सङ्क्रमणबाट पशु मर्न थालेपछि काभ्रेपलाञ्चोकका स्थानीय तहले खोप अभियान सुरु गरेका छन् । सङ्क्रमण भएका गाईवस्तुलाई औषधि उपचारसँगै निःशुल्क रुपमा खोप अभियान सञ्चालन गरिएको हो ।

बेथानचोक गाउँपालिकाले सङ्क्रमण फैलिन नदिन निःशुल्क खोप अभियान सुरु गरेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । “विशेष गरी लम्पी स्किन सङ्क्रमणबाट गाई मर्न थालेको जानकारी पाएपछि पशु प्राविधिक खटाएर खोप लगाउन अनुरोध गरेका थियौँ”, उनले भने, “त्यसले नधान्ने अवस्था भएपछि तत्काल विपद् कोषबाट बजेट व्यवस्थापन गरी निःशुल्क खोप लगाउने काम गरिरहेका छौँ ।” यस गाउँपालिकामा मात्रै हालसम्म लम्पी स्किनको सङ्क्रमणबाट २१ वटा गाई मरेका छन् ।

पालिकाका ६ वटा वडामध्ये १ र ६ मा अभियान सञ्चालन भइरहेको र अन्य वडामा सम्पन्न भइसकेको पालिकाले जनाएको छ । पालिकाले सुरुमा पाँच सय डोज खोप खरिद गरेकोमा अपुग भएपछि थप एक हजार पाँच सय डोज खरिद गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले दैनिकजसो लम्पी स्किन रोग नियन्त्रणका लागि छलफल भइरहेको भन्दै उपायको खोजीमा  किसानलाई साथ दिँदै आएको बताए । नगरपालिकाले वडा नं १ र २ बाट खोप अभियान सुरु गरिसकेको जनाएको छ । नगरपालिकाले निःशुल्क रुपमा खोप र औषधि वडा वडामा पठाइसकेकाले किसानलाई आफ्नो वडाको पशु प्राविधिकलाई सम्पर्क गरेर सेवा लिन नगरपालिकाले आग्रह गरेको छ ।

यो रोगको सङ्क्रमणबाट हालसम्म बनेपा नगरपालिकाको वडा नंं १ मा २१ वटा, वडा नं २ नम्बरमा ३० वटा गाई र वडा नं ३ नम्बरमा ३६ वटा पशु मरेको विवरण नगर प्रमुख शाक्यले जानकारी दिए । बाँकी वडामा पनि विवरण सङ्कलन गरिसकेपछि थप कसरी अगाडि बढ्ने भन्ने विषयमा नगरपालिकाले योजना बनाउने उनको भनाइ छ । नगरपालिका अन्तर्गतका करिब सात हजार छ सय गाईमा लम्पी स्किन रोग सङ्क्रमण भएको नगरपालिकाको भनाइ छ ।

पाँचखाल नगरपालिकाले भने खोप लगाउनका लागि ५० प्रतिशत अनुदानमा दिने जनाएको छ । नगरपालिकाले सूचना जारी गरी पशुपालक किसानकोसमेत सहभागिता गराउने गरी खोपमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने बताएको छ । नगरपालिकाले पशु प्राविधिकलाई किसानले नै सेवा शुल्क उपलब्ध गराउन भनेको छ ।

पहिलो चरणमा  खरिद गरिएको खोप अपुग भएपछि थप खोप खरिदका लागि नगरको स्रोत कम भएकाले किसानलाई ५० प्रतिशत मात्रै अनुदान दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले बताए ।

खोप लगाउन प्राविधिक जनशक्ति कम हुँदा निजीस्तरको पशु प्राविधिकलाई साथ लिनुपर्ने अवस्था आएको र एउटा पशुलाई खोप लगाउन तिर्नुपर्ने रु ५० पनि पशुपालक किसानले नै बेहोर्नुपर्ने नगरपालिकाको भनाइ छ ।

रोशी गाउँपालिकामा पनि खोप अभियान सञ्चालन भइरहेको छ । यसअघि पनि खोप चलाइसकेको गाउँपालिकाले पछिल्लो चरणमा नौ सय ५० गाईबस्तुका लागि निःशुल्क खोप उपलब्ध गराएको गाउँपालिका अन्तर्गतको पशुपक्षी शाखाका प्राविधिक सहायक रघुनी शाहले बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार