काठमाडौंः पछिल्लो २४ घण्टामा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५७३ जनाको परीक्षण गर्दा १ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य जनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार ३१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा मुलुकमा ५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया