मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

बेलायतमा काम गर्न जान इच्छुक नेपाली नर्सहरुका लागि आवेदन खुल्यो

इच्छु नर्शहरुले ९० दिनभित्र मन्त्रालयको वेव साइडमा रहेको forms.dofe.gov.np मा आवेदन दिनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः बेलायतमा काम गर्न जान इच्छुक नेपाली नर्सहरुका आवेदन खुला गरिएको छ । ९० दिनको समय अवधि राखेर आवेदन खुला गरिएको हो ।

हिजो काठमाडौमा आयोजित बेलायतको स्वास्थ्य सेवामा नेपाली नर्सलाई पदस्थापन गर्ने सम्बन्धमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र ब्रिटीस राजदुतावासद्धारा आयोजना गरिएको कार्यक्रम मार्फत् आवेदन खुला गरिएको जानकारी दिइएको हो ।

मन्त्रालयको वेव साइडमा रहेको forms.dofe.gov.np मा आवेदन दिन सकिने जनाइएको छ । आवेदन दिनका लागि नेपालको नसिंङ काउन्सिलमा रजिष्टर भएका नर्सहरुले, कम्तीमा तीन वर्षको नसिंङ कोर्ष पीसीएल वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने, यस पेशामा दुई वर्ष काम गरेको अनुभव हुनुपर्ने छ ।

यस्तै आवेदन दिएर छनौटमा परेका नर्सहरुले आइ ई एल टी एस मा न्युनतम ७ अंक अनिवाय ल्याउनु पर्नेछ । उनीहरुको छनौट प्रक्रिया जी टू जी प्रक्रिया बामेजिम नेपालको बैदेशिक रोजगार विभाग र बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयरले गर्नेछ ।

सम्झौता अनुसार पहिले चरणमा एक सय जना नर्सलाई बेलायत पठाइने छ । यसअघि दुई देशबीच गत ६ भदौ २०७९ मा भएको सम्झौता अनुरुप नेपाली नर्सलाई बेलायतमा रोजगारी दिने विषयमा कार्ययोजना पारित भएको थियो । तथ्यांक अनुसार हाल नेपालमा ७४ हजार नर्सहरुले सेवाका लागि अनुमति लिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार