मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

लम्पी स्किन: खोपका कारण २४ हजार पशु सङ्क्रमणमुक्त

एक लाख १८ हजार पशु सङ्क्रमितमध्ये २३ हजार ९२७ पशु निको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः लम्पी स्किनविरुद्धको खोपका कारण लुम्बिनी प्रदेशमा झण्डै २४ हजार पशु सङ्क्रमणमुक्त भएका छन् । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रूपमा पालिएका गाईंभैंसीमा लम्पी स्किन तीव्ररुपमा फैलिन थालेपछि खोपको प्रबन्ध गरिएको थियो । जसका कारण २३ हजार ९२७ पशुचौपाया निको भएका छन् ।

समयमै खोप नपाउँदा किसानले पालेका धेरै चौपाया मरिसकेका छन् । जसले गर्दा किसानको ठुलो क्षति भएको छ । सरकारले समयमै खोप उपलब्ध नगराउँदा ठुलो सङ्ख्या चौपाया मर्नुका साथै बिरामी समेत परेका हुन् ।

लुम्बिनीका तराईदेखि पहाडी जिल्लामा रोगले चौपाया बिरामी परेका छन् । प्रदेश सरकारका अनुसार पछिल्लो पटक खोप कार्यक्रम प्रभावकारी बनाउँदै लगिएको छ । सङ्क्रमित २३ हजार ९२७ पशु उपचारपछि निको भएका छन् ।

एक लाख १८ हजार पशु सङ्क्रमितमध्ये २३ हजार ९२७ पशु निको भएको, ८८ हजार ९८४ सक्रिय सङ्क्रमित भएको र पाँच हजार ८९ पशुको मृत्यु भएको लुम्बिनी प्रदेश पशुपन्छी निर्देशनालयले जनाएको छ ।

अहिले प्रदेश सरकारले आकस्मिक कोषको बजेटले खोप खरिद गरेर जिल्ला जिल्ला पठाइएको छ । खोप व्यवस्थापनको लागि पाँच करोड रुपियाँ प्रदेश सरकारसँग माग गरिएको छ ।

लुम्बिनीमा लम्पी स्किनको प्रकोपले पछिल्लो तीन महिनामा किसानले करोडौँ रुपियाँको नोक्सान व्यहोरेका छन् । क्षति रोक्न प्रदेश सरकारले सबै जिल्लाका स्वस्थ पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाउन सुरु गरेको जनाएको छ । अहिले प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालयले साउन ४ देखि सबै जिल्लामा खोप पठाएर लगाउन थालेको निर्देशनालयका निर्देशक डा.परवेज आलमले बताउनुभयो ।

डा.आलमका अनुसार पशुको मृत्यु उपचार खर्च, दूध उत्पादनमा कमी आएको कारणले धेरैको नोक्सान भएको अनुमान छ । प्रदेशमा सबै जिल्लामा साउन ४ देखि किसानको गोठ गोठमा पुगेर खोप लगाउन सुरु गरिएको प्रदेश निर्देशनालयले जनाएको छ । यसअघि पालिकाहरू आफैले व्यवस्थापन गरेर खोप लगाएका छन् ।

अहिलेसम्म प्रदेशका १२ जिल्लामध्ये बर्दिया र पूर्व रुकुमबाहेक १० जिल्लामा २१ हजार ७२१ खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र गुल्मीका प्रमुख डा.भरत काफ्लेले प्रदेश सरकारले पठाएका भ्याक्सिन पालिकामा वितरण गर्ने काम भइरहेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार