मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

बाँकेमा ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण बढ्दो

आँखा पाकेर उपचारका लागि अस्पताल आउने बिरामी दिनदिनै बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः उम्सो गर्मीका कारण ज्वरो, निमोनिया र पखालाका बिरामी बढी रहेकै बेला बाँकेमा पछिल्लो समयमा आँखा पाक्ने रोगका धेरै बिरामी अस्पताल आउन थालेको आँखा अस्पतालले जनाएका छन् ।

चिकित्सकहरुका अनुसार आँखासम्बन्धी समस्या गराउने ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण बाँकेमा फैलिएकोले आँखा पाकेर उपचारका लागि अस्पताल आउने बिरामी दिनदिनै बढ्दै गएका हुन् ।

भिजन आँखा अस्पताल नेपालगञ्जका नेत्र रोग विशेषज्ञ डा. प्रचण्ड गौतमले पछिल्लो समय आँखा पाकेर वा अन्य समस्या भएर उपचारका लागि अस्पताल आउने बिरामीको सङ्ख्या एक्कासि बढेको बताउनुभयो । उहाँले कन्जक्टिभाइटिस भाइरसका कारण आँखा पाक्ने समस्या भएर बिरामी परेका ५० भन्दा बढी बिरामी दैनिक आफ्नो अस्पतालमा मात्र आउने गरेको बताउनुभयो । जिल्लामा आँखा अस्पताल र उपचार केन्द्रहरु दर्जन जति सञ्चालनमा छन् ।

नेत्ररोग विशेषज्ञ डा. गौतमले थप्नुभयो, “अहिले अधिकांश बालबालिकामा आँखा रातो हुुने, चिलाउने, बिझाउने, परेली सुनिने, आँसु आउने र कसैकसैलाई चिप्रा आउने जस्ता समस्या देखिएका छन् ।”  अहिले आँखा अस्पताल पुग्नेमध्ये अधिकांश बिरामी कन्जक्टिभाइटिस भाइरससँग सम्बन्धित समस्या लिएर पुग्नेहरु नै हुने गरेको विभिन्न अस्पतालले जनाएको छ ।

फत्तेबाल आँखा अस्पताल नेपालगञ्जका चिकित्सक डा. उमेर सादिकले पनि अहिले कन्जक्टिभाइटिस भाइरसबाट पीडित भएर अस्पताल पुग्नेहरु बढ्दै गएको बताउनुभयो ।

चिकित्सकहरुले कन्जक्टिभाइटिस भाइरस तीव्र गतिमा फैलिने सङ्क्रामक भाइरस भएको बताएका छन् । उनीहरुले यो भाइरस एकदेखि डेढ हप्तासम्म आफैं निको हुने भए पनि कुनै व्यक्तिमा समस्याका रुपमा देखिन सक्ने भएकाले सचेत रहन सबैसँग आग्रह गरेका छन् ।

यो भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकाले रोगीको सम्पर्कबाट टाढा नै बस्नु बेस हुने चिकित्सकहरुको सुझाव छ । नेत्ररोग विशेषज्ञ डा. गौतमले यसमा सरसफाइमा ध्यान दिनुपर्ने जनाउँदै यसको लक्षण चिन्ह देखिएका बिरामीलाई आइसोलेट गर्ने, स्यानिटाइजरको प्रयोग गर्ने र आँखामा समस्या देखिएका बालबालिकालाई विद्यालयमा नपठाउने जस्ता सचेतना अपनाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले यो भाइरसबाट एकदेखि डेढ सातासम्म छुटकारा पाइने जनाउँदै नआत्तिन सबैलाई अनुरोध गर्नुभएको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार