भाद्र १, २०८३ सोमबार August 17, 2026

चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार चन्द्रयान–३ नामक अन्तरिक्ष यानले चन्द्रमाको करिब दुई तिहाइ दूरी तय गरी शनिबार सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले ट्वीट गर्दै भनेको छ, ‘मोक्स, ईस्राक, यो चन्द्रयान–३ हो । म चन्द्रमाको गुरुत्वाकर्षण महसुस गरिरहेको छु ।’

भारतको तेस्रो चन्द्र अन्वेषण अभियान चन्द्रयान–३ जुलाई १४ मा आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धावन अन्तरिक्ष केन्द्रबाट जीएसएलभी मार्क ३ (एलभीएम–३) हेभी लिफ्ट प्रक्षेपण यानबाट सफलतापूर्वक प्रक्षेपण गरिएको थियो ।

अमेरिका, चीन र रूसपछि चन्द्रमाको सतहमा आफ्नो अन्तरिक्षयान अवतरण गर्ने र चन्द्रमाको सतहमा सुरक्षित र सफल अवतरणका लागि देशको क्षमता प्रदर्शन गर्ने भारत चौथो देश हो ।

अवतरण पछि, चन्द्रयान–३ ले एक चन्द्र दिनको लागि काम गर्नेछ । चन्द्रमाको एक दिन पृथ्वीको १४ दिन बराबर हुन्छ । सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया