मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

सुनसरीमा दादुरा-रुबेलाविरुद्धको खोप लगाइँदै

दादुरा फैलिएका जिल्लामा पुनः खोप लगाउने सरकारी निर्णय बमोजिम सुनसरीबाट खोप अभियान सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः सुनसरीमा सोमबारबाट दादुरा-रुबेलाविरुद्धको खोप अभियान सुरु भएको छ।

६ महिनाअघि महामारीका रूपमा दादुरा फैलिएका जिल्लामा पुनः खोप लगाउने सरकारी निर्णय बमोजिम सुनसरीबाट खोप अभियान सुरु गरिएको हो।

सोमबारबाट सुनसरीका १२ स्थानीय तहमध्ये ९ स्थानीय तहमा अभियान सुरु भएको बताइएको छ। धरान उपमहानगरपालिकामा भने डेंगी महामारी फैलिएकाले खोप अभियान तत्काल सञ्चालन गर्न नसकेको स्वास्थ्य कार्यालय सुनसरी प्रमुख सागर प्रसाईंले बताए।

बर्जु गाउँपालिकामा गत फागुन महिनामा महामारीका रूपमा दादुरा फैलिएलगत्तै आकस्मिक खोप अभियान चलाइएको थियो। देवागन्ज गाउँपालिकामा साउन २८ गतेदेखि मात्र खोप लगाइने तयारी रहेको छ।

एक सातासम्म चल्ने अभियानमा ६ महिनादेखि १५ वर्ष उमेर समूहका २ लाख ५३ हजार बालबालिकालाई खोप लगाइने लक्ष्य रहेको छ। सरकारले सन् २०२३ अर्थात् यसै वर्षभित्र नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्य राखेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार