मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

सिन्धुलीको दुधौलीमा लामखुट्टे नष्ट गर्ने अभियान सुरु

जिल्लामा पछिल्लो केहीदिन यता डेङ्गु रोगका बिरामी बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सिन्धुलीको दुधौली नगरपालिकाले औलोरोग नियन्त्रणका लागि लामखुट्टे मार्ने अभियान सुरु गरेको छ । १४ वटा वडा रहेको दुधौली नगरपालिकामा औलोरोगको जोखिम रहेका कमलाखुँज क्षेत्रमा रहेका ११ वटा वडालाई दुई चरणमा विभाजन गरि विषादी छर्केर लामखुट्टे मार्ने अभियान सुरु गरेको उक्त नगरपालिकाले जनाएको छ ।

लामखुट्टेको बासस्थान रहेको, लामखुट्टेले लार्भा उत्पादन गर्ने स्थानको पहिचान गरी नष्ट गर्न अभियान थालिएको हो । नगरपालिकाका स्वास्थ्य शाखा संयोजक जगदीश मण्डलका अनुसार ‘अल्फा स्यापेरमेथ्रिन-१०’ नामक विषादी एक सातादेखि गाउँका घरमा छर्किने (स्प्रे गर्ने) काम भइरहेको छ । ४० जना स्प्रेकर्तालाई दुई समूहमा विभाजन गरी खटाएर अहिले वडा नं. ७ र ९ बाट विषादी छर्किने कार्य भइरहेको छ ।

“वडा नं. ७ मा एक जना डेङगु रोगको बिरामी देखापरेकाले त्यहीबाट विषादी छर्किन सुरु गरिएको हो,” उहाँले भन्नुभयो, “२०-२० जनाको दुई वटा टोली बनाएर परिचालन गरेका छौं ।” औलो, डेंगु र काजाजारका कीटाणु मार्न उक्त बिषादी छर्किने कार्य गरेको उहाँले सुनाउनुभयो ।

नगरपालिकाको १४ वडामध्ये वडा नं. १२, १३ र १४ बाहेक बाँकी वडामा उक्त विषादी छर्किने जनाइएको छ । वर्षेनी यसरी नै विषादी छिट्ने कार्य हुँदै आएकोले दुधौली नगरपालिकामा औलोरोगका बिरामी भने देखा नपरेका नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार नगरमा डेङ्गुको निःशुल्क परीक्षण गरिँदै आएको छ । स्वास्थ्य शाखा र सरसफाइका कर्मचारीहरू परिचालन गरेर डेङ्गु सङ्क्रमण भएको शङका लागेमा तत्काल परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

जिल्लामा पछिल्लो केहीदिन यता डेङ्गु रोगका बिरामी बढ्दै गएका र हाल एक दर्जन् भन्दा बढी डेङ्गु रोगका बिरामी रहेका स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार