मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

घरघरमा स्वास्थ्यकर्मी पठाएर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच

गत आवमा तोकिएका १२ हजार सात सय ३२ जनालाई घरघरमा पुगेर निःशुल्क उपचार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गोरखाको भीमेसन थापा गाउँपालिकाले घरघरमा स्वास्थ्यकर्मी पठाएर पालिकाभित्रका १२ हजारभन्दा बढीलाई निःशुल्क उपचार गरेको छ । पालिकाभित्रका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त बालबालिकाको निःशुल्क स्वास्थ्य जाँच गर्दैै आएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।

गत आवमा तोकिएका १२ हजार सात सय ३२ जनालाई घरघरमा पुगेर निःशुल्क उपचार गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले नीति तथा कार्यक्रम मार्फत तोकिएका लक्षित वर्गका व्यक्तिको घरघरमा स्वास्थ्यकर्मी पठाएर सुगर, प्रेसर जाँचलगायत आवश्यक स्वास्थ्य सेवा प्रवाह गर्दै आएको शाखा प्रमुख खनालको भनाइ थियो ।

गाउँपालिकाले घरघरमै स्वास्थ्यकर्मी पठाएर उपचार गरेपछि ज्येष्ठ नागरिक पनि खुसी भएका छन् । “बुढेसकालमा पिरबेथा लागि रहन्छ, वडानं ७ का ७७ वर्षीय मङ्गलबहादुर नेपालीले भन्नुभयो, “अहिले स्वास्थ्यकर्मीले आफ्नै घरमा आए चाँज गरेकाले आफैँ सकी नसकी अस्पताल धाउनुपरेको छैन ।”

यस कार्यले स्थानीय सरकार नै हाम्रा लागि रहेछ भन्ने अनुभूति भएको उहाँले बताउनुभयो । अर्का ७५ वर्षकी दुर्गाकुमारी श्रेष्ठको उत्तै भनाइ थियो ।

“सुगुर, प्रसेर, दम र नसा रोगले सताएकाले भनेको बेला अस्पताल जानसक्ने अवस्था नै थिएन”, उहाँले भन्नुभयो, “हामीजस्ता उमेर पुगेका बूढाबूढीको उपचारलाई ध्यानमा राखेर गाउँपालिकाले घरघरमा हरेक महिना स्वास्थ्यकर्मी पठाएर जाँच गर्ने व्यवस्था मिलाएपछि साह्रै सजिलो भएको छ ।”

प्रत्येक महिना घरघरमा स्वास्थ्यकर्मीको टोली आएर जाँच गरी अमिलो चिल्लो पिरो नखान सल्लाह दिँदै आफूसँग भएको औषधि दिएर जाने गरेको अर्का ज्येष्ठ नागरिक हीरा श्रेष्ठले बताउनुभयो । उहाँले स्वास्थ्यकर्मी आएर के कस्तो छरु सञ्चो भएन कि रु भन्दै केही भए फलानु नम्बरमा सम्र्पक गर्नु है भनेर जाँदा स्थानीय सरकार बूढेसकालको सहाराजस्तै भएको अनुभूति भएको बताउनुभयो ।

चालु आव सुरु भएसँगै पुनः साउन १६ गतेदेखि २२ गतेसम्म गाउँपालिकाले ज्येष्ठ तथा अशक्त नागरिक घरदैलो स्वास्थ्य सेवा सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख भुसालले जानकारी दिनुभयो । “यसै वर्षको साउन महिनामा मात्र पालिकाबाट एक हजार एक सय ७१ जनाको निःशुल्क जाँच तथा उपचार गरिसकिएको छ”, उहाँले भन्नुभयो, “उपचार गराएकामध्ये छ सय ८९ महिला र चार सय ८२ जना पुरुष रहेका छन् ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार