वैशाख २५, २०८१ मंगलबार May 7, 2024

१२ करोडका मालिक विश्वकै धनी ‘भिखारी’ घोषित

मुम्बईको सडकमा मागेर गुजारा चलाउँदै विश्वकै सबैभन्दा धनी माग्ने बन्ने युवक हुन् भरत जैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सडकमा मागेर आफ्नो विहान बेलुकाको छाक टार्ने एक भिखारी ‘विश्वकै सबैभन्दा धनी माग्ने’ बने भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ ।

तर भारतको मुम्बईस्थित सडकमा मागेर गुजारा चलाउने एक भारतीय पुरुषलाई १२ करोड बढी सम्पत्ति सहित विश्वकै सबैभन्दा धनी माग्ने घोषित गरिएको छ ।

मुम्बईको सडकमा मागेर गुजारा चलाउँदै विश्वकै सबैभन्दा धनी माग्ने बन्ने युवक हुन् भरत जैन । उनले सडकमा मागेरै मात्रै पनि दिनको २ हजार देखि २५ सय भारु जम्मा गर्ने गर्छन् । जैनले मुम्बईको छत्रपाटी शिवजी महाराज टर्मिनल रेलवे स्टेसन, आजाद मैदानजस्ता मानिसको आवतजावत बढी हुने स्थानमा निकै वर्षदेखि माग्दै आएका छन् ।

अहिले उनै जैनले राम्रै पैसा जम्मा गरिसकेका छन् । उनको कूल सम्पत्ति ७।५ करोड भारु अर्थात १२ करोड नेपाली रुपैयाँ रहेको छ । उनीसँग मुम्बईमा लगभग दुई करोडको दुई बेडरुम भएको फ्ल्याट छ । यसका साथै उनीसँग थानेमा दुई वटा पसल पनि छ । त्यसको भाडा प्रति महिना ३० हजार भारु आउँछ ।

उनको मासिक आम्दानी ९६ हजार रुपैयाँ अनुमान गरिएको छ जुन जागिरेहरूले कमाउनेभन्दा निकै धेरै हो ।

इकोनोमिक टाइम्सका अनुसार भरत जैनले पढेका छैनन् । आफ्नो गर्जो उनले मागेरै टार्ने निधो गरे । उनका सन्तानले भने उनको पदचाप पछ्याएनन् । -एजेन्सी 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने
२०८१ वैशाख २६, बुधबार
मन्त्री हेरफेरको गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड
२०८१ वैशाख २६, बुधबार
त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा. पोखरेल नियुक्त
२०८१ वैशाख २६, बुधबार
विद्यार्थीको मनोबल उच्च राख्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री श्रेष्ठ
२०८१ वैशाख २५, मंगलबार
बिदा लिएर निजीमा काम नगर्न सरकारी स्वास्थ्यकर्मी र कर्मचारीलाई मन्त्रालयको निर्देशन
२०८१ वैशाख २५, मंगलबार
हमासद्धारा युद्धविरामसम्बन्धी सम्झाैताकाे प्रस्ताव स्वीकार
२०८१ वैशाख २५, मंगलबार
संसद्लाई समस्या समाधानको थलो बनाऔं : सभामुख घिमिरे
२०८१ वैशाख २५, मंगलबार