मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

आँखा पाक्ने रोगको संक्रमण घट्दै

अस्पताल जानेमध्ये ६० प्रतिशत हाराहारी आँखा पाक्ने रोगका बिरामी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः आँखा पाक्ने रोग (कन्जिङटिवाईटिस) का बिरामी घट्दै गएका छन् । रोग फैलिएपछि अस्पतालमा एकाएक वृद्धि भएका आँखाका बिरामीको संख्या पछिल्ला दिनमा घट्दै गएको हो ।

आँखा पाक्ने रोग फैलिएपछि अन्य रोगका बिरामी पनि अस्पताल जाने क्रम घटेको छ । अस्पताल जानेमध्ये ६० प्रतिशत हाराहारी आँखा पाक्ने रोगका बिरामी रहेका छन् ।

भरतपुर आँखा अस्पतालका वरिष्ठ प्रशासक दयाशंकर चौधरीका अनुसार भरतपुर आँखा अस्पताल र यसअन्तर्गतका अस्पताल तथा आँखा उपचार केन्द्रमा सोमवार १ हजार ४२१ बिरामी उपचारका लागि आएका थिए । तीमध्ये ८३१ जना (५८ दशमलव ४८ प्रतिशत) आँखा पाक्ने रोगका बिरामी छन् ।

भरतपुरमा रहेको मुख्य अस्पतालमा ५४६ बहिरङ्ग (ओपीडी) का बिरामी आएकोमा १६६ आँखा पाक्ने रोगका रहेका थिए । यस हिसाबले ३० दशमलव ४० प्रतिशत मात्रै आँखा पाक्ने रोगका बिरामी छन् । सेकेण्डरी आँखा अस्पताल ठोरीमा २२० बिरामीमध्ये १४४ जना (६५ दशमलव ४५ प्रतिशत) आँखा पाक्ने रोगका छन् ।

भरतपुर ओरालोमा रहेको सिटी क्लिनिकमा १०४ जना बिरामीमध्ये ८२ जना (७८ दशमलव ८५ प्रतिशत) आँखा पाक्ने रोगका आएका छन् । अस्पतालका चितवन, धादिङ, तनहुँ, नवलपरासी, सर्लाहीमा रहेका १४ वटा आँखा उपचार केन्द्रमा ५५१ बिरामी बहिरङ्गमा आएकामध्ये ४३९ जना (७९ दशमलव ६७ प्रतिशत) आँखा पाक्ने रोगका छन् ।

आइतवार १ हजार १९८ बिरामी बहिरङ्ग सेवामा थिए । तीमध्ये ७१८ जना (५९ दशमलव ९३ प्रतिशत) आँखा पाक्ने रोगका रहेका चौधरीले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार