मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

मुखको दुर्गन्धबाट कसरी मुक्ति पाउने ? टिप्स सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बिहान ब्रस गरेपछि पनि धेरैको सास गन्हाउँ छ जसका कारण जो कसैका अगाडि बोल्न लाज हुन्छ । त्यस्ता व्यक्तिहरू अफिसमा कसैको सामु आफ्नो अपमान नहोस् भनेर बोल्ने कुरामा टाढै रहन्छन् । सासको दुर्गन्धका कारण आत्मविश्वासको स्तर पनि घट्छ ।

यदि तपाईं पनि मुखबाट आउने दुर्गन्धले हैरान हुनुहुन्छ भने यो खबर तपाईंका लागि मात्र हो । विज्ञहरूका अनुसार कतिपय अवस्थामा पेटको आन्तरिक समस्याका कारण सास गन्हाउने समस्या सृजना हुन्छ जसको उपचार चिकित्सकबाट गराउनुपर्छ ।

किन ब्रस गरेपछि पनि मुखबाट दुर्गन्ध आउँछ ?

– प्याज /लसुन बढी खाँदा अर्थात् सल्फरयुक्त खानेकुरा खाँदा मुखमा दुर्गन्ध आउँछ ।

– धुम्रपान र रक्सीले पनि सास गन्हाउँछ ।

– गिजा सड्दा पनि मुखमा कडा गन्ध आउँछ ।

– मुखमा इन्फेक्सनका कारणले पनि सास गन्हाउँछ ।

– दाँतको किराका कारणले पनि सास गन्हाउँछ।

– पानीको कमीले पनि मुखबाट दुर्गन्ध आउँछ।

कसरी सास गन्हाउने समस्याबाट छुटकारा पाउने ?

सौंफ चपाउने

सौंफ हरेक घरको भान्सामा सजिलै उपलब्ध हुन्छ । हरेक दिन खाना खाए पछि १ चम्चा सौंफ चपाउँदा मुखको दुर्गन्ध हटने मात्र होइन पाचन शक्तिमा पनि सुधार आउँछ । कतिपय अवस्थामा पाचन सम्बन्धी समस्याका कारण पनि मुखबाट सासको दुर्गन्ध आउँछ ।

तुलसीको पात

तुलसीको पात चपाएर पनि सासको दुर्गन्ध कम गर्न सकिन्छ। तुलसीको पात दाँतमा प्वाल भएकाहरुका लागि फाइदाजनक हुन्छ । तुलसीको पातले पायोरियाको समस्या समेत कम गर्छ ।

सासका लागि अलैंची

सानो अलैंची वा हरियो अलैंचीले केही मिनेटमै मुखको दुर्गन्ध हटाउन सक्छ। अलैंचीमा सुगन्ध हुन्छ । यसलाई चपाउँदा मुखको दुर्गन्ध छिट्टै हट्छ । आफ्नो झोलामा सधैं अलैंची राखेर आवश्यक परेको बेला चपाउन सकिन्छ ।

फलफूलले दुर्गन्धबाट छुटकारा

स्याउ / नशपाती जस्ता फलफूल खाँदा दाँतको स्वास्थ्यमा सुधार आउँछ र मुखको व्यायाम समेत हुन्छ । यदि हरेक दिन यस्ता फलफूल सेवन गर्ने हो भने दाँत चम्किलो हुन्छ र मुखको दुर्गन्ध पनि हट्छ।

कागतीको रस

प्याज /लसुनको सेवन गरेपछि सास गन्हाउने समस्या बढ्छ । यस्तो अवस्थामा कागती लाभदायक साबित हुन्छ। कागतीको रस क्याविटीको समस्यामा पनि लाभदायक साबित हुन्छ ।

पानीको कमी हटाउने

कम पानी पिउँदा पनि मुखबाट दुर्गन्ध आउन थाल्छ । यस्तो अवस्थामा पर्याप्त मात्रामा पानी पिउनुपर्छ । सास गन्हाउने समस्याबाट सताइएकाहरूले दिनमा कम्तीमा ८ गिलास पानी पिउनुपर्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार