असार २२, २०८२ आइतबार July 6, 2025

कोरोनाबाट निधन भएका संगीतकार वाजिद खानकी आमालाई पनि कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । बलिउडका चर्चित संगीतकार वाजिद खानको सोमबार ४२ वर्षको उमेरमा निधन भयो। उनको निधनले यतिबेला बलिउड शोकमा छ।

केही समय अघिदेखि उनी मिर्गौलाको समस्याबाट पीडित थिए। यसैबीच कोरोनाको पनि संक्रमण भएपछि खानको निधन भएको बताइएको छ।

अब वाजिद खानकी आमा रजिया खानलाई पनि कोरोना भाइरसको संक्रमण भएको खबर सार्वजनिक भएको छ। यतिबेला उनलाई मुम्बईको चेम्बुरस्थित सुराणा सेठिया अस्पतालमा भर्ना गरिएको छ। वाजिदको पनि उपचारको क्रममा यही अस्पतालमा निधन भएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार रजिया खानलाई छोरा वाजिद खानभन्दा पहिले नै कोरोनाको संक्रमण देखिएको थियो। उनी उपचाररत छोराको रेखदेखका लागि अस्पतालमै थिइन्।

उक्त अस्पतालमा अन्य कोरोना संक्रमितहरुको पनि उपचार भइरहेकोले उनमा पनि संक्रमण फैलिएको हुनसक्ने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार