मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

तीर्थयात्रीको उपचारका लागि डाक्टरको समूह गोसाइँकुण्डमा

डा. निशान्त जोशीको संयोजकत्वमा माउन्टेन मेडिसिन सोसाइटीका सात जना डाक्टर गोसाइँकुण्डमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः रसुवाको उत्तरी क्षेत्रमा रहेकाे प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ डाक्टरको टोली गोसाइँकुण्ड पुगेको छ ।

बाग्मती प्रदेश पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय उद्धार सङ्घ काठमाण्डाैकाे सहकार्यमा गोसाइँकुण्डमा मेला भर्न गएका तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि सात जनाको डाक्टर समूह गोसाइँकुण्ड पुगेको हो । सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले डा. निशान्त जोशीको संयोजकत्वमा माउन्टेन मेडिसिन सोसाइटीका सात जना डाक्टर गोसाइँकुण्ड पुगेको जानकारी दिनुभयो ।

डा. जोशीले हिमालय उद्धार सङ्घको सोलुखुम्बुमा रहेकाे फेरिचे स्वास्थ्य चौकीमा काम गरिसक्नुभएको छ । याे डाक्टर समूहले १० दिन यस क्षेत्रमा सेवा गर्नेछ । ‘याे टोलीले गोसाइँकुण्ड जाने भक्तजनलाई बाटोमा समेत स्वास्थ्य सेवा प्रदान गर्ने र गोसाइँकुण्ड पुगेर एकादशीदेखि पूर्णिमासम्म स्वास्थ्य जाँच गर्नेछ’, प्रमुख कार्यकारी अधिकृत बस्यालले भन्नुभयो ।

सङ्घले सन् १९९७ देखि गोसाइँकुण्डमा डाक्टरको समूह पठाएर निःशुल्क सेवा प्रदान गर्दै आइरहेको सङ्घका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिनुभयो । सङ्घले गोसाइँकुण्ड गएका तीर्थयात्रीलाई निःशुल्क औषधि उपचार र स्वास्थ्य सेवा प्रदान गर्ने उहाँको भनाइ छ ।

समुद्र सतहदेखि चार हजार तीन सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा रसुवाका प्रतिनिधिसभा सदस्य इन्जिनियर मोहन आचार्यको पहलमा भर्खरै मोबाइल टावरसमेत पुर्‍याइएको छ । यसअघि गोसाइँकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई मोबाइल सम्पर्कसमेत नभइरहेको अवस्थामा सांसद आचार्यले ढुवानीको व्यवस्था गरी नेपाल टेलिकमको भ्वाइस तथा ‘टु जी’ सञ्चालनमा आएको हो ।

एकादशीदेखि भाद्र शुक्ल पूर्णिमासम्म लाग्ने यस मेलामा देश तथा विदेशबाट हजारौँ तीर्थयात्री कुण्डमा दर्शन गर्न पुग्ने गरेका छन् । गोसाइँकुण्डमा हरेक वर्ष गङ्गादशहरा र जनैपूर्णिमा गरी वर्षको दुई पटक मेला लाग्ने गर्दछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार