असार २२, २०८२ आइतबार July 6, 2025

सचिवमा कोरोना देखिएपछी रक्षामन्त्री राजनाथ सिंह डराएर मन्त्रालय गएनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भारतीय रक्षा सचिव कोरोना संक्रमित भएको पुष्टि भएसँगै भारतको रक्षा मन्त्रालयमा खैलाबैला मच्चिएको छ । कर्मचारीतन्त्रमा सबैभन्दा उच्च अधिकारीमध्ये एक मानिने रक्षा सचिव अजय कुमारको कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।

रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक पासको उद्घाटन गरेसँगै नेपालसँग चर्किएको सीमा विवाद र चीनसँग भारतीय सेनाको संघर्ष बढिरहेका बेला भारतीय सेनाको सर्वोच्च प्रशासनिक निकायमा कार्यालयको काम नै प्रभावित हुन पुगेको हो ।

रक्षा सचिव अजय कुमार संक्रमित भएको पुष्टि भएसँगै रायसेना हिल कम्प्लेक्सको साउथ ब्लकमा अधिकांश काम प्रभावित भएका छन् । सचिवलाई कोरोना संक्रमण देखिएपछि रक्षामन्त्री राजनाथ सिंहसहित शीर्ष सैन्य र सिभिल अधिकारहिरु बुधबारका दिन मन्त्रालय गएका थिएनन् । भारतीय सञ्चारमाध्यम  इकोनोमिक टाइम्सका अनुसार संक्रमित रक्षा सचिवको सम्पर्कमा आएका ३० जना कर्मचारी क्वारेन्टाइनमा राखिएका छन् ।

रक्षा सचिवमा कोरोना देखिएपछि उनको कन्ट्याक्ट ट्रेसिङ शुरु भएको छ भने साउथ ब्लकलाई सेनिटाइज गरिएको छ । रक्षा सचिव हालैमात्रै रक्षा मन्त्रीका सबै भिडियो बैठकमा सहभागी भएका थिए ।

उनको कार्यालय साउथ ब्लकको पहिलो तलामा मन्त्रीको कक्षसँगै रहको छ । यही तलामा सेना र नेभी प्रमुखका कार्यालय पनि छन् । समाचार अनुसार, विगत केही दिनय यता ३० जना मानिस उनको सम्पर्कमा आएका थिए । यी सबैलाई होम क्वारेन्टाइनमा रहन भनिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार