काठमाडौंः पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । उनलाई शुक्रबार बिहान मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको हो ।
छाती दुख्ने समस्या भएपछि अस्पताल पुगेका उनको अहिले विभिन्न स्वास्थ्य परीक्षण भइरहेको उपचारमा समलग्न चिकित्सकले बताएका छन् ।
अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माका अनुसार पारसको स्वास्थ्य अवस्था हाल सामान्य छ । तर मुटुमा यसअघि पनि समस्या देखिएको र आईसीडी राखिएकोले २४ घन्टा सुपरिवेक्षणका लागि भर्ना गर्ने निर्णय लिइएको हो ।
पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया